दमकमा दुर्घटना, बिष्ट दम्पत्तीको मृत्यु

दमक, १३ साउन /   दमकमा मोटरसाईकल दुर्घटनामा परि झापा सुरुङ्गाका चर्तित हेवन होटलका संचालकद्धय विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु भएको छ ।
मंगलवार राती साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ बर्षिय पुर्णबहादुर बिष्ट (राज ) र उनकी श्रीमती ३६ बर्षिय हिमा विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको हो ।

उनीहरु सवार प्र२/०३/०१३ प ४७८७ नम्बरको वार पश्चिमबाट पुर्वतर्फ जादै मोटरसाईकललाइ ना४ ख ८७३० नम्बरको विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको र उनीहरुको घाईते अवस्थामा वाटामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

विष्ट दम्पत्ती लामो समय देखि सुरुङ्गामा होटल हेवन संचालन गर्दै आएका थिए ।

बुधबार, १३ साउन, २०७८, बिहानको ०८:३२ बजे

सम्बन्धित खवर