जनता माविलाई एसइइमा शतप्रतिशत नतिजा, ३७ जना ए प्सलसहित २८७ जना उत्तीर्ण

 इटहरी / इटहरीस्थित जनता माविबाट यो वर्ष २८७ जना विद्यार्थीले एसइइ उत्तीर्ण गरेका छन् । यो शतप्रतिशत नतिजा हो ।

पास हुने विद्यार्थीमध्ये ३७ जनाले ए प्लस र ८२ जनाले ए ग्रेड ल्याएको विद्यालयका प्रधानाध्यापक पशुपती सिग्देलले जानकारी दिए ।

यस वर्ष जनता माविले नै प्रदेश १ मा यति धेरै विद्यार्थी पास गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले दावी गरेका छन् । केही वर्षयता विद्यालयको पूर्वाधार, शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन थालेको विद्यालयले उत्साहजनक नतिजा निकाल्न सफल भएको उनले बताए ।  विद्यालयले कक्षा ११ मा यो वर्षदेखि विज्ञान विषयको समेत अध्यापन सुरु गर्ने भएको छ ।

बिहिबार, १२ साउन, २०७९, बिहानको ०८:३० बजे

सम्बन्धित खवर