गठबन्धनभित्रै समाजवादी उपकेन्द्र बन्न सक्छ – प्रचण्ड

   काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग तालमेल वा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेसको विकल्प नखोजिने प्रष्ट पारेका छन् ।

बिहीबार आयोजित स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगै चुनावी सहकार्य हुने र त्यसबाट दायाँ बायाँ सोच्न आवश्यक नरहेको बताएका हुन् ।

उनले कांग्रेससँगै गठबन्धनभित्र रहेर एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउँन सकिनेबारे छलफल भइरहेको बताए ।

बिहिबार, १२ साउन, २०७९, दिउँसोको ०३:३७ बजे

सम्बन्धित खवर