बोरुसिया डर्टमण्डको संघर्षपूर्ण जित

१२ भाद्र, काठमाडौँ/ जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति डर्टमण्डले रोमाञ्चक खेलमा होफेनहेमलाई ३–२ को अन्तरले हराएको हो ।

खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै मुनास डाब्बरले होफेनहेमको हार टार्न खोजे पनि सम्भव भएन । इन्ज्युरी समयमा इर्लिङ हालान्डले विजयी गोल गरे ।

खेलमा अग्रता डर्टमण्डले जियोभन्नी रेनाको गोलबाट लिएको थियो । क्रिस्टोफ बाउमगार्टनरले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । लगत्तै १८ वर्षिया बेलिङ्गहमले डर्टमण्डलाई पुन अग्रता दिलाए ।

होफेनहेले खेलको ९०औँ मिनेटमा डाब्बरको गोलबाट खेल बराबरी गर्न सफल भयो । इन्ज्युरी समयमा हालान्डले गोल गर्दै डर्टमण्डलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसहित डर्टमण्ड ३ खेलबाट ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । होफेनहेमको ३ खेलबाट समान ६ अंक भएपनि गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

शनिबार, १२ भदौ, २०७८, बिहानको ०८:५५ बजे

सम्बन्धित खवर