सरस्वती माविका शिक्षक पक्राउ

सुनसरी, १२ भदौ / सुनसरीको वराहाक्षेत्र नगरपालिकाका शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माविका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।
कक्षा ८ र ९ पढाउने शिक्षक डम्बर पइँकरालाई आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) ले पक्राउ गरेको हो। आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राको संवेदनशील अंगमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने आरोप पीडित पक्षले लगाएको छ।
कक्षा ८ र ९ पढाउने शिक्षक डम्बर पइँकरालाई आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) ले पक्राउ गरेको हो। आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राको संवेदनशील अंगमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने आरोप पीडित पक्षले लगाएको छ। पइँकराले निकै लामो समयदेखि छात्रालाई गलत व्यवहार गरिरहेको विषयमा शुक्रबार विद्यालयमा आवाज उठाइएको थियो।
आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित विद्यार्थी राखेर माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी र अभिभावक विरोधमा उत्रिएका थिए। प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो। घटनाबारे छानबिन हुने इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) का प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए।

आइतबार, १२ भदौ, २०७९, दिउँसोको ०१:३७ बजे

सम्बन्धित खवर