सुन चाँदी ब्यवसायी संघ दमकको नयाँ समिती गठन : अध्यक्षमा खाती , सचीवको जिम्मेवारी गजमेरलाई

बैकल्पिक खवर

सुन चाँदी ब्यवसायी संघ दमकको नयाँ समिती चयन भएको छ । आज भएको संघको भेलाले दमकका सामाजिक तथा ब्यवसायीक अगुवा , पुराना सुन ब्यवसायी काशिराम विश्वकर्मा (खाती )को नेतृत्वमा समिती चयन भएको हो । खातीको नेतृत्वमा गठित उक्त समितीको सचिवमा युवा व्यावसायि तथा समाजसेवि चन्द्र गजमेर चयन भएका छन ।                                                     

यसैगरी उपाध्यक्षमा पुष्पलाल शन्कर , सह सचिवमा उमेश गजमेर र कोशाध्यक्षमा हेमसागर अधिकारी चयन भएकाछन् । सदस्यहरुमा जितबहादुर बिस्वकर्मा,नन्दबिर ल्वागुन, विवेक लाम्गाँदे, अजितकुमार शंकर, रुपक सापकोटा, रोहितबहादुर विश्वकर्मा, विश्वनाथ नेपाल, सुष्मा निरौला केसी निर्वाचित भएकाछन् । निर्वाचन प्रक्रिया मार्फत नै उम्मेद्बारहरु छनौट भएपनि सर्वसम्मत रुपमा नै समिती गठन भएको सचिब चन्द्र गजमेरले जानकारी दिए ।

 

मङ्गलबार, १२ असोज, २०७८, रातीको ०८:४२ बजे

सम्बन्धित खवर