माओवादीको अबको कार्यक्रम ‘सांस्कृतिक क्रान्ति’

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘साँस्कृतिक क्रान्ति’को राजनीतिक कार्यक्रम पेश गरेका छन् । माओवादीले आदर्श मान्ने कम्युनिष्ट नेता माओको १२८औं जन्मदिनको अवसर पारेर आइतबार शुरू भएको आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डले ‘साँस्कृतिक क्रान्ति’को राजनीतिक कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सोमबार दिउँसो दुई घण्टा १३ मिनेट लगाएर प्रचण्डले वैचारिक–राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन प्रतिनिधिलाई दिइएको छैन । स्थायी कमिटीकै नेताहरुले पनि पाएका छैनन् । तर प्रचण्डको प्रतिवेदनमा अबको पार्टी कार्यक्रम साँस्कृतिक रुपान्तरणका निम्ति ‘साँस्कृतिक क्रान्ति’ आवश्यक रहेकोबारे व्याख्या गरिएको नेताहरुले बताएका छन् ।

मङ्गलबार, १३ पुष, २०७८, बिहानको ११:०८ बजे

सम्बन्धित खवर