इन्द्रबराह ओपन गल्फ प्रतियोगितामा ५६ जना गल्फरहरु बिच प्रतिष्पर्धा हुने

धरान/  पाँचौं ईन्द्र बराह मेमोरियल एमेच्यर ओपन गल्फ टुर्नामेन्ट–२०७५ यही चैत्र १६ गते शनिबारबाट सुनसरीको धरानमा हुने भएको छ । धरान गल्फ क्लबको आयोजना तथा बराह ज्वलरी ईण्ड्रष्टिज प्रा.लि.को प्रायोजनमा हुन लागेको सो प्रतियोगिता वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थित निर्वाणा कण्ट्री क्लव हेल्थ एण्ड गल्फ रिसोर्टमा हुने भएको छ ।

सो प्रतियोगिताका लागि धरान, काठमाडौँ, पोखरा लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु आउने बिहिवार आयोजित पत्रकार सम्मेलनमा धरान गल्फ क्लबका अध्यक्ष टीका लिम्बुले बताए । उनका अनुसार प्रतियोगितामा धरान गल्फ क्लबका ४७ र ६ जना पूर्व गोर्खाहरू गरी ५६ जना गल्फरहरु बिच प्रतिष्पर्धा हुनेछ ।

यस टुर्नामेण्टमा मेन ईभेन्टमा प्रथम, दोश्रो र तेश्रो, सिनियर प्रथम, जुनियर प्रथम, बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, क्लोज्ड न पिन, मोष्ट बर्डी, मोष्ट बोगीका साथै ईन्द्र स्पेशल बिरडाई लगायतका पुरस्कार बितरण गरिने आयोजक धरान गल्फ क्लबले जनाएको छ । जहाँ नगद पुरस्कारका साथै गिफ्ट ह्याम्पर र ट्रफीहरु समेत बितरण गरिने छ ।

‘प्रथम, दोस्रो, तेस्रो लगायत अन्य विधामा उत्कृष्ट हुनेलाई बराहले विभिन्न प्रकारका गिफ्ट ह्याम्पर प्रदान गर्नेछन । एक लाख २० हजार रुपैँयाको लागतमा यस बर्षको प्रतियोगिता सम्पन्न हुनेछ ।’ आयोजक क्लबका अध्यक्ष लिम्बुले भने । प्रतियोगिताको बिजेता हुने प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १२ हजार, ७ हजार र ५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

त्यस्तै बेष्ट ग्रस तर्फ प्रथम हुनेलाई नगद १० र ३ हजार ३ सय बराबरको ट्रफी दोस्रो हुनेलाई नगद ६ हजार र २ हजार ८ सय बराबरको ट्रफी, मस्ट बडी हुनेलाई नगद ३ हजार र २ हजार २ सय बराबरको ट्रफी, नियरेष्ट टु दि पिन हुनेलाई नगद ३ हजार र २ हजार २ सय बराबरको ट्रफी, लङगेष्ट ड्राईभ हुनेलाई नगद ३ हजार २ हजार २ सय बराबरको ट्रफी दिइनेछ ।

यसैगरी, महिला तर्फ बिजेतालाई नगद ५ हजार र २ हजार ८ सय बराबरको ट्रफी तथा महिला उपबिजेतालाई नगद ४ हजार र २ हजार २ सय बराबरको ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बराह ज्वलरी ईण्ड्रष्टिज प्रालिका शाखा प्रमुख मान बहादुर दियालीले खेलको माध्यमबाट धरानको विकास गर्न संस्थाले धरान गल्फ क्लबसँग १५ वर्षका लागि प्रतियोगिता सम्पन्न गर्न हरेक बर्ष एक लाख रुपैँया आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । बराहले यस वर्षदखि प्रायोजन रकममा बृद्दि गरेको छ । बराहले प्रायोजन रकममा २० हजार थप गरेको छ ।

उनले धरानमा गल्फ खेलको विकास र प्रवर्द्धनमा प्रतियोगिताले टेवा दिने बताउँदै बराह ब्यवसायीक घराना भएपछि सामाजिक, साँस्कृतिक र खेलकूदका क्षेत्रमा समेत समुदायसँग सहकार्य गरेर जाने बताए । ‘बराह ज्वेलरी गल्फ खेलको विकास र विस्तारका लागि सकार्य गर्न तत्पर छ, यो प्रतियोगिताले पनि धरानको खेल र गल्फ खेलको विकासमा सहयोग पुग्नेमा आशावादी छ ।’ शाखा प्रमुख दियालीले बताए ।

शुक्रबार, १५ चैत, २०७५, दिउँसोको ०१:१५ बजे

सम्बन्धित खवर