समुहभित्र आन्तरिक कलह बढेपछि पुन मेलमिलाप तिर ठाकुर – महतो

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशवासीको नाममा गरेको सम्बोधनमा सबै दलहरुलाई सरकारमा सहभागि भएर चुनावमा जान आग्रह गरेपनि सरकारमा जसपाका ठाकुर- महतो समुहलाई भित्र्याउन अबेर साँझ सम्म चासो देखाएनन् ।
बैकल्पिक खवर

बिघटित प्रतिनिधि सभाका सदस्यहरुमा बहुमत पु¥याउन सफल भएका जनता समाजवादी पार्टी( जसपा)का  ठाकुर–राजेन्द्र महतो समुहले कार्यकारिणी समितिमा बहुमतका लागि गरेका प्रयासहरु बिफल बन्दै गएपछि पुरानै लयमा फर्कने तयारीमा लागेका छन ।
हाल कायम रहेको ५१ सदस्यीय कार्यकारिणी समितिमा १६ जना मात्र रहेका ठाकुर– महतो समुहले मेलमिलापको रणनीति बनाएको छ । जसपा ठाकुर–महतो समुहका केहि नेताहरुले पार्टीलाई फुटन नदिन बिगतका कमिकमजोरीहरुलाई सच्चयाउँदे अगाडी बढन वातावरण बनाउन अध्यक्ष उपेन्द्र यादव र संघिय अध्यक्ष बाबुराम भट्टराई समुहका नेताहरुसित छलफल थालेका छन् । स्रोतका अनुसार जसपा कार्यकारिणी समितिका ठाकुर– महतो समुहका वरिष्ठ सदस्यहरुले सरकारमा हिस्सेदारी खोजेपछि अप्ठ्यारो स्थिति भएकोछ ।                     ठाकुर–महतो समुहले सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ ।तर मन्त्री चयन गर्न ठाकुर र महतोलाई सकस भएकोछ ।निवर्तमान सांसद २० जना मध्ये नै अधिकांशलाई मन्त्री बन्ने अपेक्षा छ ।सो समुहले पाउने मन्त्रालयमा अधिकतम् १० जना राज्यमन्त्री समेत सहभागि हुन सक्छन् । तर सांसद नरहेका कार्यकारिणी समितिका सदस्यहरुले समेत मन्त्री बन्न तिव्र इच्छा जाहेर गरेपछि ठाकुर–महतो तनावमा देखिएका छन् । स्रोतका अनुसार हाल निवर्तमान सांसदहरुको भूमिका शुन्य भइसकेकाले कार्यकारिणी समितिबाट वरिष्ठताको अधारमा मन्त्री बनाउन ठाकुर र महतोमाथि दवाब बढाउन थालिएकोछ ।
दल विभाजनका लागि चाहिने ४० प्रतिशत सदस्य पु¥याउन ठाकुर–महतो समुहले सांसदको संख्या बढाएकै सुत्र लगाउन चाहेका थिए ।तर त्यो असफल भएपछि अहिले मेलमिलापबाट भएपनि सम्पर्क बढाउन चाहेको बताइन्छ । फुटबाट पार्टीलाई जोगाउन शीर्ष नेताहरु संवादमा जुटेको कार्यकारिणी सदस्य वृशेषचन्द्र लालले जनाए ।‘दुवै पक्षका शीर्ष नेताहरुले पार्टीलाई एकढिक्का गरेर लान गंभीर रुपमा छलफल गरिरहेका छन्’ उनले भने, अहिलेको अबस्थामा पार्टीलाई फुटन नदिन नेताहरुमाथि चर्को दबाब छ । यादव–भट्टराई समुहले ठाकुर, महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टे स्पष्टिकरण फेरी सोधि सकेको छ ।त्यसकोपनि जवाफ नआए कार्वाहीको प्रकृया अगाडी बढने कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले जनाए । ‘उहाँहरुलाइ एकपटक ताकेताका लागि फेरी स्पष्टिकरण सोधिएको  छ ’ उनले भने, तर कार्वाहीको विषयमा पार्टीको कार्यकारिणी समितिबाट नै निर्णय गरिनेछ ।
ठाकुरले सोधेको स्पष्टिकरणको कुनै अधार नभएको उनले बताए ।पार्टी भनेको बिधान र समितिबाट सञ्चालन हुने गरेको जनाउँदै उनले भने, जतिखेर जसलाइ मन लाग्छ, त्यतिखेर कसैलाई स्पष्टिकरण सोध्न कहाँ मिल्छ ?                                                                                  ठाकुर–महतो समुहका कयौं नेताहरुले शुक्रवार नै मन्त्रीमण्डल पूनर्गठन भएर मन्त्री बन्ने प्रचारबाजी गरेका थिए ।‘सरकारमा जाने निश्चित नै छ ’एकजना कार्यकारिणी सदस्यले भने, तर सर्वोच्च अदालतमा सुरु भएको सुनवाई, मन्त्री बन्नेहरुको लामो सुची र रेशम चौधरीको रिहाईका विषय बाधक बनेकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशवासीको नाममा गरेको सम्बोधनमा सबै दलहरुलाई सरकारमा सहभागि भएर चुनावमा जान आग्रह गरेपनि सरकारमा जसपालाई भित्र्याउन अबेर साँझ सम्म चासो देखाएनन् ।

शनिबार, १५ जेठ, २०७८, रातीको १०:३४ बजे

सम्बन्धित खवर