झापा /प्रदेश १ का ५ जना वडाध्यक्षले आफ्नै मत पनि आफूलाई नहालेको पाइएको छ । राजनीतिक पार्टीका नेताहरुले निर्वाचन आयोगको र विपक्षीको आँखा छल्न दर्ता गर्ने कतिपय ‘डमी’ उम्मेदवार र कतिपय स्वतन्त्र उम्मेदवारले आफ्नो मत पनि पाएनन् । आफ्नो मत पनि नपाउनेमा ५ जना वडाध्यक्षहरु छन् । जसमा स्वतन्त्र उम्मेदवारी दिएकी सुनसरी धरान १७ की फुलमाया शेर्पा, विवेकशीलकी मोरङ जहदा ७ की धनि मुर्मु, लोसपाबाट उम्मेदवारी दिएकी सुनसरीको दुहबी ११ की सुमिलाकुमारी चौधरी, धरान १९ की स्वतन्त्र उम्मेदवार नरु राई र राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी खोटाङ लिक्तेल रुपाकोट मझुवागढी ८ की प्रेमकुमारी राई रहेकी छिन् ।

यस्तै आफ्नो मात्रै मत (१ मत) ल्याउने वडाध्यक्षहरुको संख्या ३२ जना रहेको छ । ती उम्मेदवारहरु अधिकांश महिला छन् भने ९ जना वडाध्यक्षले ५ मत पनि कटाएका छैनन् । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भएको तथ्याङ्कअनुसार प्रदेश १ का ३७ जना प्रमुख/अध्यक्षका उम्मेदवारले १० मत पनि कटाएका छैनन् । जसमध्ये ३२ जना स्वतन्त्र छन् । अन्य ५ जना विभिन्न साना पार्टीका उम्मेदवार छन् । १० जना प्रमुख÷अध्यक्षका उम्मेदवारले त आफ्नै मत पनि पाएका छैनन् ।

१ मत ल्याउने झापाका (वडाअध्यक्षहरू)

झापाको गौरीगन्ज २ को गणेशबहादुर कार्की (स्वतन्त्र)
झापाको शिवसताक्षी ७ को दिलबहादुर लिम्बू (राष्ट्रिय जनमुक्ति पार्टी)
झापा मेचीनगर १४ अमृता वि.क. (मंगोल नेशनल अर्गनाइजेसन) ३ मत

१० मत भन्दा कम ल्याउने प्रमुख र अध्यक्षका झापाका उम्मेदवारहरू

झापा गौरादह सोमनाथ घिमिरे (स्वतन्त्र) ४ मत
झापा गौरादह चन्द्रप्रसाद उप्रेती (स्वतन्त्र) ० मत
झापा शिवसताक्षी योगमणी अधिकारी (स्वतन्त्र) ४ मत
झापा गौरादहको इन्द्रबहादुर विष्ट (स्वतन्त्र) ० मत
झापा दमक नेत्रजंग थापा (स्वतन्त्र) ६ मत
झापा दमकको निलकण्ठ सापकोटा (स्वतन्त्र) ५ मत
झापा दमकको कृष्ण खनाल (स्वतन्त्र) ३ मत
झापा गौरादह राधिका धमला (स्वतन्त्र) ७ मत

Facebook Comments Box