प्रचण्ड लाई आइरहेको षड्यन्त्रको गन्ध

बैकल्पिक खवर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।उनले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने ठुलै षड्यन्त्रको गन्ध आइरहेको बताएका छन ।

उनले सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजिरहेको ठुलो चलखेलको गन्ध आइरहेको बताए । उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’ उनले कस्तो षड्यन्त्र भएरहेको छ भन्ने चै प्रष्ट बताएनन।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए । उनले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुन नहुने प्रचण्डले बताए । तर कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले खबरदारीका लागि आग्रह गरे। प्रचण्डले केही दिनदेखि सरकारले अदालतलाई विभिन्न तरिकाले धम्क्याइ रहेको बताउदै आइरहेका छन।

मङ्गलबार, १५ असार, २०७८, दिउँसोको ०४:१३ बजे

सम्बन्धित खवर