प्रदेश १ मा विस्थापितहरु पुनःस्थापित हुँदै

 दमक / १ नम्बर प्रदेशमा बाढी र पहिरोकाकारण विस्थापितहुनेको संख्या घटेको छ । वर्षाको कारण प्रदेश १ काविभिन्नजिल्लामाआएको बाढी, पहिरो, डुबान र कटानका कारण झण्डै २ हजार बढी परिवार विस्थापितभएकाथिए । यद्यपिपानीकम पर्न थालेपछि विस्थापितहरु पुरानै ठाउँमा पुगेको प्रदेश १ प्रहरीकार्यालयको तथ्यांकले देखाएको छ ।

प्रदेशप्रहरी कार्यालयको तथ्यांकअनुसार अब सुनसरीको १५ घरपरिवार विस्थापितभएका छन् । बाढी र पहिरोकाकारण हालसम्म ५ वटा चौपाया मरेका छन् भने ४ वटा भौतिक संरचना पूर्ण रुपमा र २ वटामा आंक्षिकक्षतिभएको छ । यस्तै बाढी र पहिरोकाकारण प्रदेश १ को विभिन्न७ स्थानमा सडक अवरुद्ध भएको छ ।

उदयपुरको चौदण्डीगढी १० खैराझोडा र ९ नम्बर वडाको ज्यामिरे खोलामाआएको बाढीको कारण तत्काल सानातथा ठूला सवारी साधनआवतजावतगर्न नसक्ने अवस्थाभएको छ । यस्तै धनुकटा नगरपालिका ९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने भित्रीकच्ची बाटो पहिरोले अवरुद्ध बनेको छ । सुनसरीको बराहक्षेत्र १ ब्रम्हानन्दखोलास्थितचतरा बराहक्षेत्र भित्री सडक खण्डमा पहिरो झरेर बाटो अवरुद्ध भएको छ ।

यस्तै सुनसरीको दुहबी १२ स्थित भित्री सडक खण्डको बाङ्गेस्थित गढी ३ टेङ्ग्राखोलाकाकारण बाटो अवरुद्ध बनेको छ । यस्तै मोरङको कानेपोखरी २ दलेलीमा गेउरिया खोलाकाकारण बाटो अवरुद्ध भएको छ । खोटाङको दिक्तेल रुपाकोट र हलेसी तुवाचुङ तथाओखलढुंगाको मानेभन्ज्याङमापनिपहिरोकाकारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बुधबार, १५ असार, २०७९, साँझको ०७:३५ बजे

सम्बन्धित खवर