सप्तकोशीमा पानीको बहाब १ लाख ७८ हजार पुग्यो, ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिए

      सुनसरी  /   निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाब बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाब १ लाख ७८ हजार ५ सय ९५ पुगेको छ ।

सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वाबाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा नहुने सुरक्षा निकायको विश्वास छ ।

बुधबार, १५ असार, २०७९, साँझको ०७:३९ बजे

सम्बन्धित खवर