गिजुभाईको ‘बालसंसार’ नेपालीमा

असार १४, / प्रसिद्ध भारतीय शिक्षाविद् गिजुभाईको पुस्तक ‘बालसंसार’को नेपाली अनुवाद प्रकाशित भएको छ। बालकथाकार एवं लेखक विष्णुकुमारको अनुवादमा पुस्तक प्रकाशित भएको हो। शिक्षा दर्शन र बाल मनोविज्ञानका विषय समेटिएको पुस्तकले बालकालिकाको संसारबारे नयाँ आयामले जानकारी दिने अनुवादक विष्णुकुमारले जनाएका छन् ।

उनका अनुसार पुस्तक शिक्षक तथा अभिभावकका लागि उपयोगी हुने छ। ‘बालबालिका के चाहन्छन्? उनीहरूसँग कस्तो व्यवहार गर्ने?’ उपशीर्षक दिइएको पुस्तक १३६ पृष्ठको छ । अनुवादक एवं लेखक विष्णुकुमारका पाँच दर्जजभन्दा बढी बालपुस्तक प्रकाशित छन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो । यससँगै गिजुभाईका अन्य पुस्तक पनि नेपाली पाठककका लागि अनुवाद गरिने प्रकाशकले जनाएको छ ।

शनिबार, १४ असार, २०७६, दिउँसोको १२:२९ बजे

सम्बन्धित खवर