जसपाले पायो ७ मन्त्रालय

बैकल्पिक खवर

सत्ता साझेदार दल जनता समाजवादी पार्टीले ७ वटा मन्त्रालय पाउने निश्चित भएको छ । आज बिहान बसेको शिर्ष नेताहरुको बैठकले जसपा लाई ७ मन्त्रालय दिने टुंगो गरेको हो । यसैगरि आज बसेको शिर्ष नेताहरुको बैठकले कांग्रेस लाई प्रधानमन्त्री सहित ८ र माओवादी केन्द्र लाई ७ मन्त्रालय दिने प्रारम्भिक सहमति गरेको छ ।

मन्त्रालय संख्याको टुङ्गो लागेपनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा भने सामान्य छलफल मात्रै भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन । त्यस्तै गरि ३ जना राज्यमन्त्री बनाउने सहमति पनि शीर्ष नेताहरु बिच भनेको जनाइएको छ ।

राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ । उक्त बैठकले मन्त्रालयगत भागबण्डा र जसपाले पाउने राज्यमन्त्रीको टुंगो लगाउने श्रोतले जनायो ।

बिहिबार, १४ साउन, २०७८, दिउँसोको ०२:१८ बजे

सम्बन्धित खवर