प्रदेश १ अझैपनि जोखिममा, झापामा संक्रमित वढी, दमक रेड लाइनमा

भदौ १३, झापा /    प्रदेश १ अझैपनि कोरोना संक्रमितको जोखिममा रहेको छ । जसमध्ये झापामा संक्रमित संखया वढी रहेको पाइएको छ । झापाको दमक रेडलाइनमा रहेको पछिल्लो तथ्यांकले देखाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, ते¥हथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३२, विर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४–४, गौरादहमा ३, भद्रपुर र बुद्धशान्तिमा २–२, हल्दिबारी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा २३, पथरीशनिश्चरेमा १५, उर्लाबारीमा ५, कटहरीमा २, सुनबर्षी, ग्रामथान, बुढीगंगा, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ४१, इनरुवा र बराहक्षेत्रमा ४–४, धरानमा ३, रामधुनीमा २, दुहवीमा १, पाँचथरको फिदिममा १४, फाल्गुनन्दमा २, हिलिहाङ र फालेलुङमा १–१, इलामको चुलाचुली र इलाम नगरपालिकामा २–२, सुर्योदय र माईमा १–१, ते¥हथुमको फेदापमा २, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार, १३ भदौ, २०७८, रातीको ०९:१६ बजे

सम्बन्धित खवर