स्वर्णलक्ष्मीको १३औं चुनावी बार्षिक साधारणसभाको समुद्घाटन

  दमक, १३ भदौं/ झापाको दमकमा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सोमबार नयाँ नेतृत्व निर्माण गर्ने प्रकृयासहितको १३औं चुनावी बार्षिक साधारणसभाको समुद्घाटन गरिएको छ । दमकस्थित बेलडाँगी रोडस्थित स्वर्णलक्ष्मी कम्प्लेक्स (मुख्य कार्यालय) मा आयोजना गरिएको १३औं बार्षिक साधारणसभाले नयाँ नेतृत्व निर्माण गर्ने उदेश्य र प्रकृयासहित संस्थाको सेवा केन्द्रहरु मार्फत हुने क्षेत्रीय स्तरका साधारणसभाको तालिका सार्वजनिक गरिएको छ ।
सञ्चालक समितिका अध्यक्ष रवि न्यौपानेको अध्यक्षता र संस्थाका संस्थापक अध्यक्ष एबम् दमक बहुमुखी क्याम्पसका प्राध्यापक बासुदेब काफ्लेले बार्षिक साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

सो साधारणसभामा संस्थाका अध्यक्ष रवि न्यौपानेले झापा र मोरङमा स्थापना गरिएको सेवा केन्द्रमा हुने क्षेत्रीय स्तरका इकाईगत साधारणसभाको तालिका सार्वजनिक गर्नुभएको थियो । आज (सोमबार) देखि दमकस्थित मुख्य कार्यालयमा क्षेत्रीय स्तरका इकाईगत रूपमा सम्पन्न गर्ने गरी १३औं साधारण सभा सुरु भएको संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

साधारणसभा १८ गते सम्पन्न हुने छ । सो दिन सेवा केन्द्रहरु मार्फत सम्पन्न भएका क्षेत्रीय स्तरका साधारणसभाको माइन्युट प्रमाणिकरणपछि दमकस्थित मुख्य कार्यालयमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न हुनेछ ।
आजदेखि सुरु भएको साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थाका पूर्व सचिव अनिल सुवेदीको सहभागिता थियो ।

संस्थाका सचिव बुद्धिसागर बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रमुख कार्याकारी अधिकृत कमल कुमार घिमिरेले गर्नुभएको थियो ।

सोमबार, १३ भदौ, २०७९, रातीको ०८:३१ बजे

सम्बन्धित खवर