प्रदेश १ मा आइतबार १ सय ७७ जना कोरोना संक्रमित थपिए

१४ मंसिर झापा /    प्रदेश १ मा आइतबार १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३-३, पाँचथर र ताप्लेजुङमा २-२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् यो सहित प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ ।

प्रदेश १ मा हालसम्म १ लाख ९० हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार, १४ मंसिर, २०७७, साँझको ०५:५६ बजे

सम्बन्धित खवर