बोनम्यारो रोगीलाई विद्यार्थीको सहयोग

मंसिर १३, २०७५ दमक/  बोनम्यारो रोगीलाई विद्यार्थीले सहयोग गरेका छन् । दमक नगरपालिका–८ स्थित एभरेष्ट बोर्डिङ स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटाएर बिरामी साथीको उपचारका लागि प्रदान गरेका छन । कक्षा ९ मा अध्ययनरत बोनम्यारो रोगी १५ वर्षीया स्यारोन लिम्बूलाई उनका सहपाठीहरुले एक दिनको खाजा खर्च कटाएर संकलन गरेका २१ हजार रुपैयाँ प्रदान गरेका हुन्। विद्यार्थी संकलन गरेको रकममा विद्यालयले थप ३१ हजार ५०० रुपैयाँ थप गरी पीडित परिवारलाई बिहीबार प्रदान गरिएको हो। बिरामीका बुवा विकास लिम्बूलाई सहयोग रकम स्कुलका क्याप्टेन प्रेरणा मगर र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इन्दिरा सुवेदी प्याकुरेलले हस्तान्तरण गरे। बिरामी स्यारोनले पाँच वर्षदेखि ब्लड क्यान्सर र बोनम्यारोको उपचार गराउँदै आएकी छन्। बोनम्यारो रोगी छोरीको उपचारमा सहयोग गरिदिन बुबा विकासले सहयोगको याचना गरेका छन्। विरामीको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सल्लाह दिएपछि त्यतिका उपचार गर्न परिवारसँग आर्थिक अवस्था नभएकाले सहयोगका याचना गर्नुपरेको राष्ट्रिय खेलकुद परिषदका कराते प्रशिक्षक समेत रहेका बुबा विकासले बताए। उनले पाँच वर्षमा छोरीको उपचारमा घरजग्गा बेचेर करिब ३६ लाख रुपैयाँभन्दा खर्च गरिसकेको बताए।

बिहिबार, १३ मंसिर, २०७५, दिउँसोको ०१:३९ बजे

सम्बन्धित खवर