दमक ५ स्थित सयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेड आफ्नो ८ औं बार्शिक साधारणसभा सुरु भएको छ । आज दमक ५ स्थित आफ्नै कार्यलयमा सहकारीले ८ औं बार्शिक साधारणसभा उद्घाटन गरेको हो ।                                                                             साधारणसभा आगमी १७ गतेसम्म संचालन गरिने सस्थाले जनाएको छ । साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष जनार्दन कुमार मैनालीले कोरोना माहामारीको प्रतिकुल अवस्था लाई मध्यनजर गर्दै साधारणसभा आगामी पौष १७ गतेसम्म संचालन गरिने बताए । कोरोना माहामारीको अबस्थालाई मध्यनजर गर्दै सरकारले निर्धारण गरेको स्वास्थ सम्बन्धि मापदण्ड पूरा गरेर साधारणसभा आयोजना गरिएको सहकारीका ब्याबस्थापक नवीन भट्टराईले जानकारी दिए ।                   सस्थाको कार्यक्रम अनुसार आज उद्घाटन गरे संगै १४,१५ ,१६ गते विभिन्न वडाका सदश्यहरुको उपस्तिथिमा प्रतिबेदन बितरण र प्रतिबेदनमाथी छलफल  गर्ने र आगामी पौष १७ गते प्रतिबेदनमा प्राप्त सुझाबका आधारमा पारित गरेर साधारणसभा समापन गर्ने सहकारीले जनाएको छ ।                                               लामो समयदेखी अपेक्षित उपलब्धी हासिल गर्न नसकेको भनेर शेयर सदश्यहरु माझ आलोचित हुँदै आइरहेको सयुक्त कलाकर्मी यो बर्षदेखि नया ब्यबस्थापन सहित सन्चालनमा आएको हो । दमकका प्रतिष्ठित ब्यावसायी तथा समाजसेवीहरुको नयाँ टिम निर्माण गरि संचालनमा आएको केही समयमै सहकारीले गति लिएको छ ।             नयाँ ब्यबस्थापन सहित संचालनमा आएको तीन महिना नबित्दै सहकारीले राम्रो कारोबार गर्न थालेसंगै शेयर सदस्यहरु माझ उत्साह थपिएको छ ।                             हाल सहकारीमा ८७० शेयर सदस्य, ९० लाख शेयर पुजी ,४ करोड रहेको छ भने १३ जना कर्मचारी रहेका छन । विभिन्न सहाकरीमा लामो समयसम्म नेतृत्व प्रदान गरेका नवीन भट्टराईले ब्यबस्थापकिय जिम्मेवारी सम्हाले पछि सस्थाले राम्रो गति लिइरहेको छ । साधारणसभामा उपस्थित एक शेयरसदस्यका अनुसार भट्टराईले नेतृत्व लिएसगै आफुहरुमा सहकारीले राम्रो उन्नति गर्छभन्नेमा आफुलाइ आसा पलाएको बताए ।

Facebook Comments Box