प्रचण्ड – नेपाल समुहको निस्कर्श : ओलि गफाडी, अहंकारी र बयलगाडे हुन

बैकल्पिक खवर

नेकपाको प्रचण्ड – माकुने समुहले प्रधानमन्त्री तथा अर्को समुहका अध्यक्ष खड्ग प्रसाद ओलिलाई  गफाडी , अहंकारी र बयलगाडेको आरोप लगाएको छ  । आज नेकपाको खुल्ला आमसभा लाइ सम्बोधन गर्दै नेकपाका अध्यक्ष द्वय प्रचण्ड ,माकुने र वरिष्ठ नेता झलनाथ खनालले ओलि लाई यस्तो आरोप लगाएको हो ।                           प्रधानमन्त्री ओलिले संसद विघटन गरेपछि नेकपा लगभग फुटेको अवस्थामा छ । ओलि इतरका बहुमत नेता तथा कार्यकर्ताले ओलिको कदम लाई प्रतिगामी भन्दै आन्दोलन नै घोषणा गरेर सडकमा ओर्लिएका छन । नेकपाले आज ओलिको कदम बिरुद्ध काठमाडौंमा बृहत बिरोध सभा गरेको छ । काठमाडौंका विभिन्न ठाँउबाट बिरोध र्याली निकालेको नेकपाले भृकुटीमण्डपमा बिरोधसभा गरेको थियो ।                                                                                                                                         नेकपाका प्रबक्ता तथा बिरोध कार्यक्रमका संयोजक नारायणकाजी श्रेष्ठको अध्यक्षता भएको सो बिरोधसभा लाई नेकपाका तिनै जना पुर्वप्रधानमन्त्रीहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता एवम पुर्वप्रधानमन्त्री झलनाथ खानलले पार्टीको न्युनतम बिधि र पद्धति लाई लत्याएर हिडेको बताए । उनले ओलिले अहिलेसम्म एउटा कामपनि नगरेको बताउदै ओलि नेतृत्वको सरकारले हावादारी गफ मात्रै गरेको बताए ।उनले भने – गफाडि ओलिले यत्रो समय सरकारको नेतृत्व गरेर राम्रो काम गर्नुको सट्टा गफ जोतेरै समय बिताएको बताए  ।                                                                      त्यस्तै नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधब कुमार नेपालले ओलिमा सत्तामा पुग्ने बित्तिकै घमण्ड र अहंकार मात्रै बढेको बताए । यत्रो बिश्वास गरेर नेकपा लाई जनताले राष्ट्रको नेतृत्व गर्ने अवसर दिएपनि ओलिका कारण जनअपेक्षा अनुसार कुनै पनि काम हुन नसकेको उनले बताए । ओलि लाई लोकतन्त्र र संघीयता प्रती बिस्वास नै नभएको र उनी लोकतान्त्रिक गणतन्त्रका पक्षधर नै नभएका कारण आज देशले यस्तो नियत ब्यहोर्नु परेको उनको भनाइ रहेको थियो । नेपालले ओलिमा भएकोअहंकार ,दम्भ घमण्ड र प्रतिगामी सोचका कारण आज मुलुकमा संबैधानिक संकट आइपरेको बताए।            त्यस्तैगरि  बिरोधसभाका प्रमुख बक्ता रहेका पार्टी अध्यक्ष प्रचण्डले ओलिमा कुनैपनि कम्युनिस्ट आदर्श र सामान्य चिन्तन समेत नरहेको आरोप लगाए । प्रचण्डले यो प्रतिगामि कदम कुनैपनि हालतमा नेपाली जनताको पक्षमा नरहेको बताए । उनले ओलिले बहुमत जनताको बिश्वास लाई कुठाराघात गरेर निरंकुसता लाद्न खोजेको भन्दै बेलैमा प्रतीगमन नसच्याए सडक बाटै छिनोफानो गर्ने चेतावनी दिए ।                                                             सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलिमा लोकतान्त्रिक भन्दा पनि बयलगाडे चिन्तन रहेको बताउदै यो बयलगाडे चिन्तन मुलुक लाई दुर्घटना तर्फ लागेको बताए । राष्ट्रपती जस्तो सम्मानित र संविधानको रक्षा गर्ने सर्बोच्च सस्था पनि प्रतिगमनको मतियार भएको उनको भनाइ रहेको थियो ।सम्बोधनका क्रममा  प्रतिगामीको बिल्ला भिरेर हामीलाई लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी दिएकोमा प्रचण्डले ओलिलाई धन्यवाद दिएका थिए । नेकपाले आजको बिरोध प्रदर्शनमा काठमाडौंमा ५० हजार जनता उतार्ने घोषणा गरेको थियो।

मङ्गलबार, १४ पुष, २०७७, साँझको ०६:१३ बजे

सम्बन्धित खवर