वर्षाले आन्तरिक उडान प्रभावित :  ३ वटा विमानस्थलमा उडान हुन सकेन

  पुस १४, काठमाडौँ /  मौसममा आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।
भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँले रातोपाटीलाई बताए । अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।

बुधबार, १४ पुष, २०७८, बिहानको १०:३६ बजे

सम्बन्धित खवर