किन चर्चामा आयो नेपालको राष्ट्रिय गान ?

१४, २०७५ काठमाडौं / विशेष गरेर नेपालको ०६२र६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गर्दाको प्रसंग पनि यसमा हुनेछैन। आज हामीले राष्ट्रिय गान कसरी छनोट गरियो भन्ने विषयमा चर्चा गर्नेछौँ।

जब ६२र६३ को जनआन्दोलन सफल भयो। जनआन्दोलन सामान्य जोडबलले सफल भएको होइन। यसमा १९ जना शहीद भएका थिए। त्योभन्दा धेरै जनताहरू शहीद भएका थिए। त्यस समय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो भने संस्कृतिमन्त्री थिए प्रदीप ज्ञवाली। नेपालको सन्दर्भलाई मिलाउनका लागि नेपालको राजनीतिक परिवर्तनसँगै नेपालका पुरानाशैलीहरू पनि परिवर्तन गर्ने अठोट र मान्यता आयो। जसमा राष्ट्रिय गानका कुरा उठ्यो। राष्ट्रिय गान लेख्नको निम्ति सरकारले देशभर आह्‍वान गरेको थियो।

मूलभूत रूपमा जनताको जीवन संघर्ष र इतिहास, कला संस्कृति र सभ्यता, राष्ट्रिय स्वाभिमान तथा पहिचानको विषयवस्तुलाई समावेश गरेर नै राष्ट्रिय गान लेखिने गर्छ। जनआन्दोलन अघि नेपालको राष्ट्रियगान विशेष गरेर राजालाई समर्पित भएर लेखिने र गाइने गरेको अवस्था थियो।

चक्रपाणी चालिसेले रचना गरेको गीतलाई राष्ट्रिय गानका रूपमा लिने गरिन्थ्यो। चालिसेले सन् १९२४ मा यो गानको रचना गरेका थिए। राष्ट्रिय गीत छनोटको लागि, नयाँ राष्ट्रिय गान छनोट समिति छनोट गरियो। जसमा सत्यमोहन जोशीको अध्यक्षतामा चौध जना टोली रहेको थियो। बैरागी काइला,मोदनाथ पश्रित,अम्बर गुरूङ, नन्दकृष्ण जोशी,अमर गिरी, बुँद राना, श्रवण मुकारूङ, आहूती, डा, बेन्जु शर्मा लगायतको टोली रहेको थियो।

उक्त गानको छनोट समितिले कस्सम खाएर नै कुनै नातावाद कृपावादलाई नहेरी मेची महाकालीका गीतहरूको एकमुष्ट १२७२ वटा गीतहरू जम्मा गरेर व्याकुला माइलाको गीत छनोट गरिएको समितिका सदस्य नन्दकृष्ण जोशी बताउँछन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेर छनोट समितिले काम गरेको थियो। उनी भन्छन्, छनोट गर्न त्यति सहज थिएन एक से एक रचना आफूले पढेको थेँ। विडम्वना एक गीत छनोट गर्नुपर्ने थियो।’ त्यसबेला सम्पूर्ण स्रष्टाहरूको नाम हटाएर रचना मात्र हेरेको उनी बताउँछन्। एक महिनाको हाराहारीमा १२७२ बाट पाँच सयको हाराहारीमा आएको थियो। ५०० बाट १०० मा झारियो।

सयबाट ५० मा झारिएको उनी बताउँछन्। जब ५० मा झरेको थियो। त्यसपछि आफूहरूलाई छनोट गर्न एकदम मुस्किल भएको उनी सम्झन्छन्। एउटै गानलाई छनोट समितिका प्रत्येक सदस्यले नम्बर दिने अवधारणा बनेको थियो। एकदम मुस्किलका साथ पच्चीसमा झरेको थियो। २५ बाट २० मा पनि त्यहीअनुरूप झारियो। उनी त्यो पल सम्झन्छन्, ’ यस्ता उत्कृष्ट रचनाहरू थिए। हामीलाई कुनै पनि रचना फाल्न मन थिएन। तर, एउटा राष्ट्रिय गान त जसरी पनि छान्नु नै थियो।’ राष्ट्रिय गानका निम्ति सरकारले केही सर्तहरू राखेको थियो।

जसमा देशको भक्तिधारा,कुनै पार्टीतर्फ लक्षित नभएको, उच्छृंखल शब्द प्रयोग नभएको, देश प्रेम, देशको महिमा झल्किएको शब्द, इतिहास,संस्कृति,हाम्रा वीरताका गाथाहरू समेटिएको ४८ शब्द वा त्योभन्दा कम हुनुपर्ने भन्ने नियम थियो। जोशी भन्छन्, ’ राष्ट्रिय गान यस्तो होस् भन्ने चाहन्थ्यौँ कि जुन शब्दहरू सुन्दा हरेक नेपाली नागरिक अपनत्व महसुस गरून् भन्ने नै अभिप्रायमा हामी थियौँ।’

यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने संगीतकार अम्बर गुरुङ हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायकरगायिकाहरूले स्वर दिएका छन्। जुन २०६४ वैशाख ७ गते राष्ट्रिय गानका रूपमा छानिएको हो।

राष्ट्रिय गान
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची(महाकाली।
प्रकृतिका कोटी(कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

शनिबार, १४ पुष, २०७५, दिउँसोको ०२:०३ बजे

सम्बन्धित खवर