कन्काई क्याम्पसमा सांसद हिरा थापा माथि आक्रमण

दमक र झापा क्षेत्र नम्बर ४ ‘ख’ का प्रदेससभा सदस्य सांसद हिराकुमार थापामाथि आक्रमण भएको छ ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष रहेका थापामाथि गएराती साँझ ८ बजे क्याम्पस हाताभित्र आक्रमण भएको हो । सो आक्रमण हिजो
कनकाई बहुमुखी क्याम्पसको क्याम्पससभा भएको थियो

हिजोको सो सभाले प्रकाश चुडालको नेतृत्वमा रहेको क्याम्पस संञ्चालक समिती अबैधानिक भएको निर्णय गरेपछि थामामाथि आक्रमण गरेको बताईएको छ ।

कनकाई बहुमुखी क्याम्पसमा केही महिनादेखि प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई निकालेपछि विवाद सुरु भएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारीको रोहबरमा हिजो पौष १२ गते क्याम्पस सभाले सबै समस्याको समाधान गर्ने सहमति गरेपछि विवाद मिलेको थियो । तर क्याम्पसमै सभाअध्यक्षमाथि हातपात र माइन्युट खोसिएपछि क्याम्पसको समस्या थप जटिल बनेको छ ।

सम्सद थापामाथि भएको आक्रमण र माइन्युट लुट्ने क्रियाकलापको नेकपा नगर समितीले निन्दा गरेको छ ।

आइतबार, १३ पुष, २०७६, दिउँसोको ०४:५१ बजे

सम्बन्धित खवर