एमालेको स्थायी समितिको बैठक बस्दै : थप १२ जनालाई कारबाही गर्ने तयारी

बैकल्पिक खवर

नेकपा एमालेको स्थाइ समितिको बैठक आज साझ ५ बजे बस्दै छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार ५ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन ।

ओलीले साँझ ५ बजे आफ्नो सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाएको एक नेतालेले जानकारी दिए। आइतबारको बैठकबाट पछिल्लो पटक ओलीले स्पष्टीकरण सोधेका माधवकुमार नेपाल पक्षका थप १२ जना सांसदहरुलाई कारबाही गर्ने अनुमान गरिएको छ। ओली पक्षको स्थायी कमिटी बैठकले यही जेठ ८ गते नेता नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निकालेको थियो।

आइतबार, १६ जेठ, २०७८, दिउँसोको ०३:०८ बजे

सम्बन्धित खवर