झापाली विद्यार्थीले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

१६ असार, झापा/  प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिको भत्साना गर्दै झापामा रहेका पाँच विद्यार्थी संघ– संगठनले प्रतिकात्मक विरोध जनाएका छन् ।
प्रधानमन्त्री ओलीको विपक्षीहरुप्रति लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले वहुलाएको सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप दिएर प्रधानमन्त्री ओलीको प्रतिकात्मक विरोध जनाएका हुन् ।
आज साँझ झापाको बिर्तामोडमा पाँच विद्यार्थी संघ – संगठनद्वारा आयोजित विरोध कार्यक्रममा प्रधानमन्त्री ओलीको कार्यशैली अर्मयादित र अभिव्यक्ति अशिष्ट भएको भन्दै भत्सना सहित उनको पुत्ला समेत दहन गरेका थिए ।
विरोध कार्यक्रममा संवैधानिक सर्वोच्चता कायम गर्न माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको बरिगमको बाटो खुल्ला भएकाले वहुलाएको सामुदायिक कुकुर जस्तै व्यवहार गर्न थालेको गम्भीर आरोप समेत विद्यार्थीले लगाएका थिए ।
विरोध सभामा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, अखिल क्रान्तिकारीका अनिल सुवेदी लगायत सहभागी थिए ।

बुधबार, १६ असार, २०७८, साँझको ०७:२२ बजे

सम्बन्धित खवर