कारबाही फुकुवा भए पनि मूल्यको राजनीति छाडिन्नँ – माधव नेपाल

१६ असार, काठमाडौँ/  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य मान्यताको राजनीति नछाड्ने स्पष्ट पारेका छन् । एमालेले गरेको कारबाही फुकुवा भएपनि उनले अहिलेको अवस्था हेर्दा व्यवस्थामाथि नै खतरा रहेको बताएका छन् ।

नागरिक समाज र लेखकहरुसँग विपक्षी गठबन्धनले बुधबार गरेको अन्तक्रियामा नेता नेपालले व्यवस्था खतराउन्मुख रहेको भन्दै काँधमा ठूलो जिम्मेवारी रहेको समेत बताए । उनले भने, ‘व्यवस्था खतराउन्मुख छ । कतिपय गतिबिधि हेर्दा राम्रो संकेत दिएको छैन । हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।’

केपी ओली प्रवृत्तिको विरोध गरिरहेको भन्दै उनले अब पनि ओली प्रवृत्ति दोहोरिन दिन नहुने बताए । उनले भने, ‘केपी शर्मा ओली प्रवृत्तिको विरुद्धमा लडिरहेका छौँ । भोलि ओली प्रवृत्ति पुनः नआओस् ।’ उनले आफूले बोल्यो कि पोल्यो भन्ने अवस्था रहेको समेत बताए ।

बुधबार, १६ असार, २०७८, साँझको ०७:२५ बजे

सम्बन्धित खवर