मधुमल्लामा व्यापारिक भवन बन्दै

बैकल्पिक खवर

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं। ७ मधुमल्ला बजारमा बिभिन्न प्रकारका व्यापार व्यवसायहरुलाई एकै ठाउँमा संचालन गर्न मिल्ने किसीमको व्यापारीक (कमप्लेक्स) भवनको निर्माण भइरहेको छ । मधुमल्लाका युवा व्यवसायाी कोमल प्रसाद ढकालले सो व्यवसायिक भवन निर्माण गरेका हुन । सो भवन मिक्लाजुङ गाउँपालिकामा नै पहिलो इन्जिनियरीङ मापदण्ड अनुसार भुकम्प प्रतिरोधी रुपमा निर्माण गरिएको व्यापारीक र अण्डरा ग्राउण्ड समेत भएको भवन हो ।
हाल सोे भवनको अण्डर ग्राउण्ड , पहिलो र दोस्रो तला तलाको काम भइरहेको छ । सो भवनलाई तेस्रो तला सम्म लाने योजना रहेको युवा व्यवसायि कोमल प्रसाद ढकालले बताए । प्रत्येक तलामा २६ सय स्क्वायर फीट क्षेत्रफमा फैलीएको सो भवनको ४ वटै तलाको निमार्ण सम्पन्न हुदा करिब १० हजार पाँच सय बर्ग फीट क्षेत्रफलहुने ढकालले बताए । मिक्लाजुङकै पहिलो अण्डर ग्राउण्ड सहितको पहिलो व्यवसायिक भवन भएकाले यसलाई आफुले कम्पेक्सको रुपमा बिकाश गर्ने आफ्नो लक्ष्य रहेको ढकालले बताए । सो व्यापारिक भवन (कम्प्लेक्स) निर्माणमा करिब ३ करोड लागत लाग्ने र आगामी मंशिर सम्मा निर्माण सम्पन्न् गर्ने लक्ष्य रहेको ढकालले बताए । पर्याप्त पाकीङ् र मधुमल्ला बजारको मुख्य चोकमा रहेकाले बैंक तथा बितिय संस्थाका कार्यालयहरु संचालनका लागि समेत निर्माणधीन भवन उपयोगी रहेको छ ।  श्रोत – हाम्रो मधुमल्ल्ल

बुधबार, १६ असार, २०७८, साँझको ०७:२९ बजे

सम्बन्धित खवर