झापा, १६ असार / नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।

अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएको छ ।

बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

Facebook Comments Box