गजुरमुखीलाई एभोकाडो र कफी हवको रुपमा विकास गरिने – वडाध्यक्ष भूपाल लिम्बू

 गजुरमुखी, १६ असार/   इलामको गजुरमुखीलाई एभोकाडो र कफी हवको रुपमा विकास गरिने भएको छ ।  इलामको इमाङसेवुङ १ गजुरमुखीलाई घ्यूफल अर्थात एभोकाडो र कफि हवको रुपमा विकास गर्ने उदेश्यले कफि विकास वोर्ड र गजुरमुखि वहुउदेश्य कृषक समुहको साझेदारिमा एभोकाडोको विरुवा वितरण गरिएको छ ।

गजुरमुखी वहुउदेश्य कृषक समूहका अध्यक्ष हरि कार्कीले माङसेबुङ १ को वडा अध्यक्ष भुपाल लिम्बूलाई विहिवार हस्तान्तरण गरेका हुन् । कृषि उपार्जनमा प्रसस्त सम्भावना बोकेको यस क्षेत्रलाई नगदे बाली अर्थात फलफूल उत्पादनको हवको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको वडा अध्यक्ष भूपाल लिम्बूले जानकारी दिए ।
यो श्रेत्रमा पर्यटनका साथै नगदेवाली अलैची, अम्लिसो र डाले घाँसकोसाथै फलफूल र तरकारीकोलागि पनि प्रशस्त सम्भावना रहेका छन् ।

बिहिबार, १६ असार, २०७९, दिउँसोको ०१:१५ बजे

सम्बन्धित खवर