राष्ट्रिय धान दिवस  =  दुई अर्बको चामल भित्र्याउने दिनको अन्त्य कहिले ?

     भोलामान सिंह बस्ने

२०७६ असार १५ आइतबार /
२०७६ साल जेठ २१ गते कृषि बिभाग, हरिहर भवनमा महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष सूर्य प्रसाद पौडेलको सभापतित्वमा बसेको मूल समारोह समितिको वैठकले २०७६ साल असार १५ गते, आइतवार सोह्रौं ( १६ औं) राष्ट्रिय धान दिवश तथा रोपाई महोत्सव, नेपाल भर एवं धानको सुपर जोन, बर्दियाको राजापुर ८, धोविनीपुरमा विशेष रुपले भब्य रुपमा मनाउने निर्णय गर्यो । यस बर्षको नारा ‘धानखेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनिकरण’ भन्ने निर्णय पनि गरेको छ ।

नेपालमा एक अर्कासंग भेट्दा होस वा फोनमा कुरा गर्दा ‘भात÷भुजा भयो ?’ भनेर सम्बोधनगर्ने चलनलेपनि धानको देशमा कतिको महत्व छ भनेर झल्काउंदछ, होइन र ? जापानमा भने मौसम हेरेर कुराको थालनीगनेै चलन छ । विश्वमा १ सय १३ देसहरुमा धानखेतीगर्ने गरेको पाइन्छ । विश्वको सबभन्दा उच्चस्थानमा धानखेतीहुने देशपनि नेपालको जुम्ला, छुमचौरमा पर्दछ र धानलेपनि सगरमाथा र लुम्बिनी जस्तै गरी नेपाललाई विश्वमा चिनारी गराएको छ ।

सन् १९६६ अर्थात बिक्रम सम्बत २०२२ साल तिर एशियाली देशहरुमा भोकमरी, कुपोषण, व्दन्द, लडाई, झैझगडा, जताततै अशान्ती आदीले गर्दा एशियामा भोकमरीको ठुलो समस्या यानी कथा, गाथानै थियो । भोकमरी बिरुध्द लडांईगर्नुपर्ने वातावरण श्रृजना भएको थियो । तसर्थ संयुक्त राष्ट्रसंघ (यूएनओ) ले सन् १९६६ लाई धानबालीको संसारभर रहेको मुल्य मान्यतालाई मनन्गरि, भोकमरीबाट मुक्त भन्ने नारासहित, धानबालीलाई बर्षको बालीको रुपमा घोषणा गरेको थियो ।

नेपालमा मार्सी चामल : यथार्त र भ्रमबारे धान विज्ञ डा.भोलामानसिंह बस्नेतको खुलासा

किनकी संसारभर आधाभन्दा बढी जनसंख्या अथवा करिव ३ अर्ब ५० करोड मानिसको मुख्य खानानै चामल हो र अझ एशियाली देशहरुमा त ९० प्रतिशतभन्दा बढी धानको उत्पादनको साथै खपत समेत हुने गरेको पाइन्छ । फिलिपिनस्थित अन्तर्राष्ट्रि धानबाली अनुसन्धान संस्था, इरी सन् १९६० मा स्थापना भएको थियो र सन् २०१० मा आएर ५० बर्ष पुरा गरेकोले विश्वभर बिशेष गरी नोभम्बर ८ देखि १२ तारिकसम्म नेपालका कृषि वैज्ञानिक, प्रसारकर्ताआदीको सक्रिय सहभागितामा भियतनामको राजधानी हनोइमा इरीको स्वर्ण जयन्तीपनि भव्यरुपताकासाथ मनाइयो । नोभेम्बर १९६६ मा इरीले सर्वप्रथम आइ आर ८ नामक धानबालीको जात सिफारिस गरेको थियो जुनजातले विश्वभरनै धानको उत्पादकत्व एवं उत्पादन बृध्दिव्दारा चमत्कार ल्याउनुको साथै बिशेषगरी एशियामा भोकमरीबाट बचाउन ठुलो सफलता हांसिल गर्यो ।

साठीदसकको मध्यतिर कृषिमा हरितक्रान्तीको सुरुवातपनि भएको थियो । सो समयमा भारत, मद्रासका एकजना कृषकले आइ आर ८ जातको धानबाली काटदै थिए र उत्पादनपनि धेरै राम्रो भएको थियो र त्यसैबेला उनको घरमा छोराको जन्म भएकोले धेरैनै खुसी भएर कृषकले छोराको नामनै आइ आर ८ राखेका थिए । भियतनाममा आई आर ८ लाई होन्डा भन्ने गरेको किनकी एकबाली आई आर ८ धान राम्रो हुदा होन्डा मोटरसाइकल किन्ने पैसा पुग्थ्यो रे ।

सन् १९६६ देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जातहरु सदुपयोग गरी विश्वका ७८ देशहरुमा ८६४ वटा धानका जातहरु सिफारिस भएका छन र नेपालमापनि ५० प्रतिशतभन्दा बढी सिफारिस भएका धानका जातहरु इरीको जातसंग सम्बन्धीत छन । भनिन्छ विश्वभर इरीले विकास गरेको धानको जातले ६० प्रतिशत भुभाग ओगटेको छ ।

हाल करिव विश्वमा ४ सय ९० मिलियन टन चामल उत्पादन भएको छ र यतीमात्रा चामलको लागि धान उत्पादनगर्न यदी सन्साठीको दशकमा धानबालीमा हरितक्रान्ती नआएको भए विश्वले धानबालीको उत्पादन क्षेत्रनै दुइगुणाले बढाउनु पथ्र्यो जुनकुरा सम्भवनै छैन र हाल भएको विश्वको वनक्षेत्रपनि आधामात्र हुने थियो भनिन्छ । नेपालले पनि इरीसंग मिलेर धानबालीको अनुसन्धान शुरु गरेको झन्डै ४० बर्ष नाघिसकेको छ र सो समन्वयले गर्दा धानबालीको १ सय भन्दा बढी जातहरु र खेतीगर्ने तौरतरिका सम्बन्धी धेरै प्रविधिहरुको विकास हुनुको साथै जनशक्ति विकास, प्रचार, प्रसार समेत भएको छ ।

आर्थिक वर्ष २०७५।२०७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय किलोग्राम प्रति हेक्टर रहेको थियो । यस आर्थिक बर्ष २०७५।२०७६ को गत १० महिनामा २७ अर्ब ९० करोड रुपैयां बरावरको चामल आयात भैसकेको छ ।

धानको उत्पादन राम्रो भयो भने देशको आर्थिकस्थिति माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिकस्थिति तल खस्कन्छ । कुल खाद्यान्न उत्पादनमा धानको ५० प्रतिशत भन्दा बढी योगदान रहेको छ । धानको ९० प्रतिशत भन्दा बढी उत्पादन र खपत एशियाली देशहरुमा हुने भएकोले धानले एशियालीहरुलाई एकस्थानमा ल्याउन सेतुको कामगर्दछ । नेपालले पनि सन् २०१० मा भव्यकासाथ धानबाली बारे बिभिन्न कार्यक्रमसहित, जनचेतना जगाई, इरीस्थापना भएकोे स्वर्ण जयन्ती मनाएको थियो । विश्वभर भोकमरी, कुपोषण, व्दन्द, लडाई, झैझगडा, जताततै अशान्ती देखिन थालेपछि संयुक्त राष्ट्रसंघले धाननै जीन्दगी हो ९ च्ष्अभ ष्क ीषभ० भन्ने नारासहित, पुनः सन् २००४ लाई अन्तर्राष्ट्रिय धानबर्षको रुपमा घोषणा गरेको थियो ।

यसै सन्दर्भमा यस स्तम्भकारको बिशेष पहलमा नेपाल कृषि अनुसन्धान परिषद्, नार्कबाट उठी आएको टिप्पणी फाइल तत्कालिन नेपाल सरकार (मन्त्रीस्तर) को २०६१ साल मंसीर २९ गतेको निर्णयबाट स्वीकृत भई सन् २००४ अर्थात बिक्रम सम्बत २०६१ साल पछी, प्रत्येक बर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने घोषणा पनि गरेको थियो । यस प्रकार नेपालले धानबालीलाई दिएको राष्ट्रिय मान्यता अन्य १ सय १३ वटा धानखेती हुने देसहरुले राष्ट्रिय रुपमा मनाउने परिपाटी घोषणा गरिएको सुनिएको छैन । संयुक्त राष्ट्रसंघ जस्तो संस्थाले धानलाई दिएको महत्व र नेपालको समेत प्रतिबध्दता आउनु जरुरीपनि थियो ।

नेपालमा असार १५ गतेलाई दही चिउराखाने पर्व, संस्कृती, चाहाडको रुपमा पनि लिइन्छ । यसरी यस प्रकारको महोत्सव मनाउने प्रक्रिया प्रत्येक बर्ष बढने क्रममा रहेको थाहाहुन आएको छ । औपचारिकताको साथै धानको उत्पादन एवं उत्पादकत्व कसरी बढाउने भन्ने ज्ञान, ज्ञुनका कुराहरुपनि आउनु पर्दछ । हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा खाद्यसुरक्षाको बिषय प्राथमिकतामा रहेको छ ।

यस लेखकको अथक प्रयासले २०६१ सालको अन्तर्राष्ट्रिय धान वर्ष बर्षभर धानबाली सम्बन्धी करिव ३५ वटा कार्यक्रमहरु सम्पन्न गरिएको थियो, यसैकारण फिलिपिनस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) ले आफ्नो अन्तर्राष्ट्रिय धानबाली बर्षको सिससिलामा प्रकाशन भएको Rice Today नामक Magazine (July-September 2004, Vol.3 No.3) मा नेपाललाई Year Achieves High Profile in Nepal भनी बिशेष मूल्यांकन समेत गरेको थियो ।

वरिष्ठ धानबाली बिशेषज्ञ
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकास प्राप्त

आइतबार, १५ असार, २०७६, बिहानको ०९:५१ बजे

सम्बन्धित खवर