उपचारपछि झलनाथ खनाल स्वदेश फिर्ता

भदौ १४/    पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । सोमबार स्वदेश फर्किएका नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए ।
भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए ।

उनले आफ्नै दिदी (जेठीसासु) को छोरीले आफूलाई मिर्गौला दान गरेको बताए । ‘छोरी मेलिना चित्रकारले आफ्नो सानोबालाई किड्नी दिन तयार रहेको खबर गरिन्,’ उनले भने, ‘छोरी मेलिना चित्रकारलाई अस्पतालमा बोलाएँ । आवश्यक सम्पूर्ण परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो ।’
उनले छोरी मेलिनाप्रति आभार प्रकटसमेत गरे । उनले मिर्गौला प्रत्यारोपणपछि आफूले नयाँ जीवन प्राप्त भएको महसुस गरेको पनि बताए । ‘विल्कुलै नयाँ जीवन प्राप्त भएको महसुस गरेको छु,’ उनले भने, ‘यो नयाँ जीवन बोनस प्राप्त गरेको नयाँ जीवन बनेको छ ।’

स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, गंगालाल तुलाधर लगायतका नेताले स्वागत गरेका थिए ।

सोमबार, १४ भदौ, २०७८, साँझको ०५:३१ बजे

सम्बन्धित खवर