मालपोत र यातायातको सेवा अनलाइनबाटै दिइने

विराटनगर / प्रदेश १ सरकारले मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयलाई एक महिनाभित्र अनलाइन प्रणालीमा लैजाने भएको छ ।  मुख्यमन्त्री भीमप्रसाद आचार्यको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद बैठकले एक महिनाभित्र मालपोत र यातायात सम्बद्ध काम अनलाइनबाटै गर्ने निर्णय गरेको हो ।

शनिबार सम्पन्न पहिलो मन्त्रिपरिषद बैठकले सेवाग्राहीको अधिक भीडभाड हुने कार्यालयको सेवा अनलाईनबाट दिने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिए । सबै तयारी गरेर महिना दिनभित्र अनलाईन सेवा सुचारु गर्न निर्देशन दिएको उनको भनाइ छ ।

मन्त्रीपरिषद बैठकले कोरोनाको जोखिम भएका क्षेत्रमा परीक्षणको दायरा बढाउने निर्णय पनि गरेको छ । मन्त्री तिवारीका अनुसार जोखिमको पहिचान सामाजिक विकास मन्त्रालयले गर्नेछ ।
कोरोना व्यवस्थापन तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा अभियान अघि बढाउन प्रदेश जनसुरक्षा कोषमा १० करोड रुपैयाँ जम्मा गर्न निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ । बैठकले सरकारको प्रवक्ता भने तोकेको छैन ।

सोमबार, १४ भदौ, २०७८, रातीको ०८:१८ बजे

सम्बन्धित खवर