दमक/ चुनावी प्रचार अभियान अन्तर्गत बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु घरदैलो अभियानमा ब्यस्त रहेका छन् । एकातिर संघीय संसदकोलागि झापा क्षेत्र नं. ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँगेसका नेता खगेन्द्र पाण्डव अधिकारीविच कडा प्रतिष्पर्धा हुने आँकलन भइरहेको छ भने सडकदेखि बजारका चोक चोकमा प्रदेश सभाको निर्वाचनमा होमिएका माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष रेवतराज पुरी गगन र एमालेका नेता होमबहादुर थापाविचको प्रतिष्पर्धालाई रोचक ढंगले बहस चलिरहेको छ । पक्ष र विपक्षमा आफ्ना आफ्ना कार्यकर्ताले तर्कसहित वकालत गरिरहेको पाइन्छ ।
उम्मेदवारहरुले पनि कार्यकर्तामात्रै सक्रिय गराएका छैनन् कि आफूपनि मतदाताका घर घर पुगेर भोट मागिरहेका छन् । आइतवार दमक १० सेतुमारी चौंकका मतदाताका समस्या सुन्दै झापा, क्षेत्र नम्बर ५ प्रदेश सभा (ख) का गठबन्धनका साझा उम्मेदवार गगन पुरी पुग्दा स्थानीय उत्साहित थिए । उनीहरुले यो पटक विकासप्रेमी नेता गगन पुरीलाई नै विजयी गराउने बताएका छन् ।

Facebook Comments Box