एमाले महाधिवेशन : मतदान सकियो

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
दुई हजार १५३ प्रतिनिधिमध्ये दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । मतदानबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।
मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ। मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरेका हुन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।

मङ्गलबार, १४ मंसिर, २०७८, दिउँसोको १२:२२ बजे

सम्बन्धित खवर