बागमती प्रदेश : अष्टलक्ष्मी लाई संसदिय दलको नेता बनाउने तयारी

बैकल्पिक खवर

काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक बस्दै छ । आज बस्ने दलको बैठकले दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई मनोनयन गर्ने तयारी भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक पार्टी कार्यलय पेरिसडाँडामा बस्दै छ । मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित शाक्यलाई आज बस्ने दलको बैठकले नेता मनोनयन गर्ने तयारी भएको सांसद रत्न ढलकालले समाचार दैनिकलाई जानकारी दिए । शाक्यले पौडेलसंग संसदीय दलको निर्वाचनमा १० मतले पराजय भएकी थिइन् । तर पार्टी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ ।

 

बुधबार, १५ पुष, २०७७, दिउँसोको ०१:३७ बजे

सम्बन्धित खवर