लाइफ लाइन अस्पतालको अध्यक्षमा प्रेम बहादुर देवकोटा चयन

बैकल्पिक खवर

                                                                       दमक स्थित लाइफ लाइन अस्पताल दमकको संचालक समितीको अध्यक्षमा प्रेम बहादुर देवकोटा चयन भएका छन । गत मंगलबार बसेको लाइफ लाइन अस्पताल संचालक समितीको भेलाले देवकोटालाई अस्पतालको अध्यक्षमा चयन गरेको हो ।
६ महिना अगाडि अस्पतालको साधारणसभा बाट अध्यक्षमा चयन भएका डा. मुक्ति भट्टराईले कार्यब्यस्तताका कारण राजिनामा दिएपछि संचालक समितीले देवकोटालाई अध्यक्षमा चयन गरेको अस्पतालले जनाएको छ । देवकोटा लामो समयदेखि स्वास्थ क्षेत्रमा सक्रिय रहदै आएका छ। उनी दमक स्थित पाथीभरा चस्मा घर तथा आँखा क्लिनिकका संचालक हुन ।                                     
दमक ५ मा रहेको लाइफ लाइन अस्पताल पुर्व क्षेत्रका पुराना अस्पतालहरु मध्ये एक हो । २०५५/५६ साल देखि संचालित यो अस्पताल झापा , मोरङ , इलाम , पाँचथर लगायतका बिरामीहरुका लागि उपचारको मुख्य गन्तव्यको रुपमा रहदै आएको छ ।अस्पतालले बिगत केही बर्षदेखी सिटिइभिटिइ अन्तरगत PCL नर्सिङ , एच ए , ल्याब टेक्निसियन , रेडियोग्राफी लगायतका शैक्षिक कार्यक्रम हरु सहितको कलेज पनि संचालन गरिरहेको छ । १०० शैय्याको यो अस्पताले आइसियु / एनआइसियु लगायत सबै प्रकारका रोगहरुको विशेषज्ञ डाक्टरहरुको सेवा उपलब्ध गराउदै आएको छ ।

बिहिबार, १५ पुष, २०७८, दिउँसोको १२:३१ बजे

सम्बन्धित खवर