प्रचण्ड कायर कि बहादुर ?

नेत्र चापागांइ

इतिहासप्रतिको बुझाइ आआफ्नो हुनसक्छ , तर त्यो बुृझाइ बिगत र बर्तमानको एतिहासिक घटनाक्रम बाट पुष्टि भने हुनु नै पर्छ । अन्तरास्ट्रिय राजनीति ईतिहास हेर्ने हो भने पनि माक्र्स कहिलै रास्ट्र प्रमुख भएनन् तर हामी आज पनि उनलाइ सम्झन बाध्य छौं , माहात्म गान्धी कहिल्यै पाटी प्रमुख भएनन् तर त्यो समयका जो कोहि शासन चलाउनलाइे हामी सम्झदैनौ तर गान्धी सम्झन्छौ ।

नेपालको इतिहासलाइ हेर्ने हो भने पनि त्यस्तै भटिन्छ , पुष्पलाल प्रधानमन्त्रीमन्त्री बनेनन् , मदन भन्डारी पनि बनेनन् बि पि छोटो समए एकचोटी मात्र देशको कार्यकारी प्रमुख बने तर यो बिचमा लोकेन्द्र बहादुर चन्द सुर्यबहादुर थापा र गिरिजा कोइरालाहरु धेरै चोटी प्रधानमन्त्री बने तर हामी किन पुष्पलाल, वि पि ,मदन भन्डारी लाइ आदर्श मान्छौं
किनकी प्रचण्डहरुले आज गरेको पावर पोलिटिक्स सुर्य बहादुर , लोकेन्द्र बहादुर ,गीरिजाप्रसादहरुकै जस्तो हो पुस्पलाल , भन्डारी , बि पिहरुको जस्तो होइन भन्नेकुरा प्रचण्ड को आजको रहनसहन कार्यशैली उठबस राजनिती कार्र्य्दिशा बाट प्रस्टै हुन्छ । उनी राजनीति नीति मा होइन पावरमा मात्रै देख्छन त्यो नेपालमा धेरै अभ्यास भएको कुरा हो यो नयाँ र नौलो विषय हुँदै होइन यो सैद्धान्तिक हिसाब ले अवसबादको चरम रुप बाहेक अरु केही होइन ।

राजनिती कार्यदिशामा हिजो देखि आज सम्म प्रचण्ड

जनयुद्धको सुरुवाती बैठक कास्की लुम्लेमा सम्पन्न भएको थियो । सो पहिलो बैठकमा प्रचण्डले बैद्यसँगै उभिएर भनेका थिए  ” नेपालको जनयुद्ध पेरु ,भारत को नक्सलाइट मुमेण्ट भन्दा पनि ढिलो हुन्छ ,दीर्घकालीन योजना चाहिन्छ” । त्यहाँ बाबुरामले भन्दैथिए नेपालमा जातिय क्षेत्रिय ,लिङ्गिय बर्गिय उत्पिडनहरु छन , यसको ठिक ढँगले एकैपटक उठान गर्ने हो भने नेपालको जनयुद्ध १० देदी १५ बर्षमा एउटा निष्कर्षमा पुग्छ । उनको यो कुरालाइ बैठकमा सबैले हाँसेर उडाएको घट्ना बाबुराम अहिले पनि सम्झन्छ्न , “ हेर्नुहोस (माओवादी पुर्बी कमाण्डको दस्ताबेज )“ प्रचण्डले सुरुबाटै गलत अनुमान गर्थे भन्ने यो पहिलो पुष्टि हो , किनभने बाबुरामले भनेझैँ जनयुद्ध १० बर्षको पिरियडमा एउटा उत्कर्षमा पुग्यो ।

लावाङ देखि फुन्टिवाङ बैठक सम्म प्रचण्ड

देशमा जनयुद्धले जर्बजस्त रुप लिएको थियो ,यद्धमा दिनदिनै मान्छे मर्नु मारिनु बेपत्ता हुनु सामान्य जस्तै भएको थियो । अर्को तर्फ दरबार राजनितीमा सक्रिय हुने सङ्केत आइरहेको थियो । यिनै घट्नाहरुका बिच तत्कालीन माओवादी को केन्द्रिय समिती बैठक बस्यो । वैठकमा प्रचण्डले राजासँग मिलेर जाने र संसदवादी दललाई सिध्याउने कार्य्दिशा ल्याए । । त्यसको विकल्पमा बाबुरामले अन्तरिम सरकार ,गोलमेच सम्म्मेलन र संविधानसभा मार्फात गणतन्त्र स्थापना गर्नेगरी राजतन्त्र विरुद्ध संसदवादी दलहरु संग सहकार्यको कार्य्दिशा ल्याए । फरकमत सहितको यो डकुमेन्ट ल्याए बापत प्रचण्डले बाबुरामलाइ पार्टीमा कार्रबाही समेत गरे । ढोरपाटनमा राजा ज्ञानेन्द्रसँग बार्ता तय गरियो पछि राजा ज्ञनेन्द्रले प्रचण्डसँग बार्ता नगर्ने भनेपछी बल्ल उनको चेत खुल्यो र बाबुरामले लिएको लोकतान्त्रिक गणतन्त्र को कार्य्दिशा मा सहमत भए ।
यसरी हेर्दा आगामी एकबर्षको अबस्थालाइ अनुमान गर्न नसक्ने राजासंग मिलेर लोकतन्त्र कम्जोर बनाउन पनि पछि नपर्ने र पार्टीमा गणतन्त्रको कार्यदिशा ल्याउने आफ्नै सहकर्मीलाइ कारबाही गर्न समेत पछी नपर्ने प्रचण्ड माओवादी आन्दोलनको महत्त्वपूर्ण राजनीतिक कार्यदिशामा असाध्य असक्षम र अदुरर्दशी हुन भन्न सकिन्छ ।

शान्ती सम्झौता देखी पालुङ्टार सम्म ,

गणतन्त्र ,संघियता ,समानुपातिक प्रणाली र समाबेशीता स्थापित गर्ने शान्ती प्रकृयाको मुख्य कार्यभार थियो । त्यो बाबुरामले चुनुवाङ बैठकमा प्रस्तुत गरेको राजनैतिक प्रतिबेदन थियो र त्यो प्रतिवेदन पारित भएरै माओवादी शान्ति प्रक्रियामा आएको थियो ।


संविधानसभामा ठूलो दलको रुपमा माओवादी स्थापित भएसंगै सबैले देख्ने गरि माओवादी बिबाद सतहमा आयो सो विवादलाइ हामिले पनि नजिक बाट नियाल्ने मौका पायौं । चुनाव जितेपछी संविधानलेखेर जाने वा बिद्रोहको तयारी गरेर जानेमा प्रस्ट बिबाद थियो , त्यो विबादको उत्कर्ष पालुङ्टार बैठकमा पुगेर पोखीयो । संविधानसभा बाट अधिकतम प्रगतिशील संविधान लेखेर समृद्धि को बाटोमा जानूपर्छ भन्ने स्पष्ट द्स्ताबेज बाबुृरामलेृ ल्याएपछी शान्ति र संबिधानको कार्यदिशा असफल बनाउन किरण र प्रचण्ड एकै ठाँउमा उभिए र बिद्रोह गरेर सत्ता कब्जा गर्ने भन्ने मुलसारमा सहमति गरेर जनबिद्रोहको लाइन पास गरे । अर्को सब्दमा भन्दा पालुङ्टारमा प्रचण्ड आजको बिप्लबको राजनैतिक कार्यदिशामा थिए । प्रचण्डको पालुङ्टारको दस्ताबेज देखी आज माओवादीको एमालेकरण सम्मलाइ हेर्दा प्रचण्ड सफल ,बहादुर भन्दापनि असफल कायर र अवसरवादी भन्ने कुरा नै पस्ट हुन्छ ।

आर्थिक रुपमा प्रचण्ड

जनयुद्ध को सस्कृती थियो पार्द्र्शिता र शुसासन , पोजेरो चड्ने नेता जमिन हुने मानिस त त्यतिबेला अपारदर्शी र सामान्त नै मानिन्थ्यो । आज शैक्षिक माफिया देखि ठुला ठुला सडक ठेकदारका आलीशान महलमा प्रचण्डको बसोबस रहेको छ । त्योवेला साँस्कृतिक रुपमा दुइटी बिहे गर्ने लाई कार्बाही हुन्थ्यो तर आज प्रचण्डको घरमा बिहे गरेर ल्याएकी बुहारीले बास पाँउदिनन् तर अस्ति भर्खर सगरमाथा चढदा् चढ्दै ल्याइएकी आफ्नै कार्यकर्ताकी श्रीमति ( प्रचण्डकी कान्छी बुहारी बिना मगर ) भने मन्त्री नै भइसकिन । स्बर्गीय पुत्र प्रकासको स्मृतिमा प्रकाशीत स्मारीकामा समेत बिहे गरेर भित्रयाइएकी बुहारीको नाम समेत राख्न आवश्यक ठान्दैनन् प्रचण्ड । यसरी हेर्दा उनि आर्थिक थता सास्कृतिक रुपामा पनि असफल नै देखिन्छ ।

परिवर्तन को मुद्दा बाट प्रचण्ड लाई हेर्दा

गणतन्त्र संस्थागत भएपनि राज्यको पुनर्संरचना , शासकिय स्वरुप र पहिचानका मुद्धाहरु जहाँको त्यहीं रहे । पहिचानको मुद्दामा ३३ दलिय मोर्चाको नेतृत्व गर्दै प्रचण्डले राज्यपुर्नसंरचना शासकिय स्वरुप र पहिचानको मुद्धामा एमाले र काँग्रस एउटै हुन भनेर कैलाली देखी पान्थर सम्मका आमसभाहरुमा भाषणहरु गरेको अस्तिमात्रै हो । तर आजका दिन सम्म आइपुग्दा उनले एमाले जस्तो प्रतिगामी संग पार्टी एकता नै गरीसकेका छन । यसरी हेर्दा प्रचण्डका लागी एजेन्डा भनेको आफ्नो स्वार्थ र सत्ता प्राप्तिको भर्यागँ मात्रै हो एजेन्डाका हिसाबले पनि प्रचण्ड स्वार्थी र असफल हुन भन्दा अन्याय हुँदैन ।

शक्तिको राजनीति मा प्रचण्ड

सुघौली सन्धि यताकै ठूलो आन्दोलन हो माओवादी जनयुद्ध , सबैभन्दा बढी समय पार्टीको अध्यक्ष बने उनी । २०६४ ,२०६५ मा के थिएन प्रचण्ड सग, त्यति ठूलो शक्ति आज उनकै नेतृत्व मा छिन्नभिन्न भयो । वैद्य , बाबुराम र विप्लप जस्ता नेताहरुलाइ केन्द्रीकरण गर्न पुरापुरी असफल नै रहे । जनयुद्ध देखी यहाँसम्म आइपुग्दा आफ्नालाइ पाखालगाएर २०६४ मा झण्डै सकिएको प्रतिगामी एमालेसंग आफनो व्याक्तिगत अस्तित्व जोगाउनकै लागी सरण पर्न गए । यसरी सबै परिघट्नाहरुलाइ हेर्दा कुनैपनि कोणबाट प्रचण्ड सफल र बहादुर हुँदै होइनन् उनी कायर र महाअवसरवादी हुन । किनकी उनि हिजो देखी अहिले सम्म विपी , मदन र पुष्पलालको बाटोमा छैनन् बरु लोकेन्द्र बहादुर चन्द ,र सुर्यबहादुर थापा को बाटोमा छ्न , जुन नेपाली राजनीति को असफल दुर्गन्धित बाटो हो ।
(लेखक समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष हुन ।)

शुक्रबार, १७ माघ, २०७६, दिउँसोको ०३:०३ बजे

सम्बन्धित खवर