आगामी तीन दिनको पूर्वानुमान

जेठ १७ गते सोमबार

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जेठ १८ गते मंगलबार

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १ र बाँकी पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदली रही मेघगर्जन/चट्याङ्गसहित प्रदेश १ का थोरै र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ १९ गते बुधबार

दिउँसो: देशका धेरैजसो भू-भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदली रही मेघगर्जन/चट्याङ्गसहित प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार, १७ जेठ, २०७८, बिहानको ०८:४८ बजे

सम्बन्धित खवर