झापाका १५ पालिकालाई ७ अर्ब १८ करोड ४४ लाख बजेट, कुनमा कति ?

बैकल्पिक खवर

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापा जिल्लाका १५ पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले गत जेठ १५ गते अध्यादेश मार्फत सार्वजनिक गरेको बजेट मार्फत सो रकम बिनियोजन गरेको हो।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।

यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।

मेचीनगर नगरपालिका – ७६ करोड ५२ लाख  अर्जुनधारा नगरपालिका – ४७ करोड ७१ लाख
कन्काई नगरपालिका – ५८ करोड १८ लाख
गौरादह नगरपालिका – ४८ करोड ५१ लाख
दमक नगरपालिका – ७० करोड १७ लाख
विर्तामोड नगरपालिका – ७० करोड १७ लाख
भद्रपुर नगरपालिका – ५० करोड ०६ लाख
शिवसताक्षी नगरपालिका – ५७ करोड ९७ लाख

कमल गाउँपालिका – ४८ करोड ३३ लाख

गौरीगंज गाउँपालिका – ३४ करोड ८६ लाख
कचनकबल गाउँपालिका – ३८ करोड ८७ लाद
झापा गाउँपालिका – ३४ करोड ८४ लाख
बाह्रदशी गाउँपालिका – ३४ करोड १८ लाख
बुद्वशान्ती गाउँपालिका – ३५ करोड ७६ लाख
हल्दिवारी गाउँपालिका – ३२ करोड ३१ लाख

सोमबार, १७ जेठ, २०७८, बिहानको ११:२० बजे

सम्बन्धित खवर