ठाकुरपक्ष तत्काल सरकारमा नजाने , दल बिभाजन सम्बन्धि ऐन खुकुलो बनाइदिन प्रधानमन्त्री लाई आग्रह

बैकल्पिक खवर

पार्टी भित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । श्रोतका अनुसार उनले प्रधानमन्त्री ओलीलाइ सहज हुनेगरि दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर सहयोग गरिदिन आग्रह गरेका छ्न ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जारी बैठकमा अध्यक्ष ठाकुरले पार्टी विवादकै बीचमा सरकारमा सहभागी हुँदा आफुहरु थप समस्यामा पर्ने भन्दै त्यसलाई टुंगोमा नपुर्‍याइ सरकारमा सहभागी हुने बताएका छन । केन्द्रिय समिती र कार्यकारी समिती दुवैमा आफुहरु अल्पमतमा परेको भन्दै ठाकुरले बहुमत जुटाउने प्रयास पनि सफल हुन नसकेको ओलीलाई बताएका छन । बहुमत सदस्यहरु उता रहेकाले सरकारमा सहभागी हुन अप्ठ्यारो भएको बताएको श्रोतले जनायो । यो अबस्थामा पार्टी बिभाजन गर्नपनि नसकिने प्रधानमन्त्री संग दुखेसो गरेका थिए।

त्यसका लागि केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनेले मात्र पार्टीको आधिकारिकता पाउने राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधनका लागि आग्रह गरेको स्रोतले जनाएको छ । अध्यक्ष ठाकुरसँग केन्द्रीय समिति तथा कार्यकारिणी समितिमा ४० प्रतिशत बहुमत पुग्दैन । त्यो बहुमत नपुगेको कारण पार्टी अलग गर्न नसकिरहेको कुरा प्रधानमन्त्री ओलीसमक्ष राखेको बताइएको छ ।

ऐन संशोधनदेखि लिएर अन्य के सहयोग हुन सक्छ, त्यसमा सहयोग गर्न आग्रह गरिएको स्रोतले जनाएको छ । सरकारमा सहभागी भए पार्टीको सदस्य स्वतः रद्द हुने निर्णय गत ८ गते बसेको कार्यकारिणी समितिको बैठकले गरेको थियो। जसपाका अध्यक्ष उपेन्द्र यादवले बसाएको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने नेता तथा कार्यकर्ताको पार्टी सदस्यता स्वतः रद्द हुने निर्णय गराएका थिए । त्यसको डरले पनि महन्थ ठाकुर पक्षका नेताहरु सरकारमा जान चाहेका छैनन् ।

जसपाका अध्यक्ष ठाकुरले कार्यकारिणी समिति तथा केन्द्रीय समितिमा आफ्नो बहुमत पुर्याउने प्रयासमा पनि छन् । तर, उनले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन् । एकले अर्को पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि दुवै पक्ष त्योभन्दा अगाडि बढ्न सकेका छैनन् ।

सोमबार, १७ जेठ, २०७८, दिउँसोको ०२:५५ बजे

सम्बन्धित खवर