झापामा एक  वर्षको अवधिमा ३१४ जनाले आत्महत्या गरे

झापा/   झापामा एक  वर्षको अवधिमा ३१४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङक अनुसार धेरै आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेरका युवा युवती रहेका छन् ।
आर्थिक वर्ष ०७८-७९ मा धेरै आत्महत्या गर्ने उमेर समूहमा १६–२५ वर्षका युवा युवती परेका छन् । सो उमेर समूहका ८१ जनाले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ ।
यस्तै, १०–१५ वर्षका १५, २३–३५ वर्षका ५०, ३६–४५ वर्षका ६३, ४६–६० वर्षका ६० र ६०–९३ वर्षका ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

आइतबार, १५ साउन, २०७९, बिहानको ०६:३७ बजे

सम्बन्धित खवर