इटहरीमा तयार भयो भाटभटेनी, भदौ १९ देखिसन्चालनमा आउने, एक लाखलाई निम्तो

इटहरी /    प्रदेश नम्बर १ कै सुन्दर नगरी इटहरीलाई केन्द्र बनाएर इटहरीको लविपुरमा भाटभटेनीले आफ्नो १९ औँ स्टोर तयार गरेको छ । किनमेलका र मनोरञ्जन दुवै एकै ठाउँमा हुनेगरी परिवारिक वातावरण सहितको सुपर स्टोर यही भदौ १९ गतेदेखि सन्चालनमा आउने भएको हो । आफ्नो सेवा सुरु गर्न लागेको भाटभटेनीले ओपनिङ्गको अवसरमा ग्राहकलाई ग्रोसरी र कन्जुमरका सामानमा १० प्रतिशत छुट दिने भएको छ ।

बार्गेनिङ्गरहित सुन्दर र सफा किनमेल, चट्ट सजाइएका सामान पाइने सुपरस्टोरमा गरिने सपिङ्गको मज्जा नै फरक हुन्छ । त्यति मात्र नभएर ब्राण्ड अनुसार गुणस्तरीय सामानको लागि पनि ठूला सपिङ्ग सेन्टर धाउने गरिन्छ । इटहरी, इनरुवा, रामधुनी नगरपालिका साथै दक्षिणमा दुहबी र पूर्वमा सुन्दरहरैँचा नगरपालिका र बेलबारीसम्मका बासिन्दालाई भाटभटेनीको इटहरी स्टोर किनमेलको लागि सहज हुने ठम्याइ छ । साढे दुई वर्षअघि बनेको योजना र तिव्र गतिमा भएको निर्माणले पनि कोरोनाको प्रभावलाई चिर्दै अन्ततः भाटभटेनी सेवा दिने सुरुवातमा पुगेको छ ।
भाटभटेनी सुपर स्टोर इटहरी नगरपालिका वडा नम्बार १६ मा ३५ कठ्ठा क्षेत्रफलमा बनेको छ । यहाँको जमिन र भौतिक संरचना र सामान गरी ३ अर्ब लगानी भएको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराई बताउँछन् ।

भट्टराईका अनुसार अहिले सामान मिलाउने तथा सजाउने काम अन्तिम चरणमा पुगिसकेको छ । कोभिड सङ्क्रमणका कारण ६ महिना ढिला भएर सन्चालनमा आउन लागेको भाटभटेनी नखुल्दै अहिले दैनिक ४०० को हाराहारीमा संरचना बाहिरबाट हेर्नेहरुको भीड लाग्ने गरेको छ ।

मङ्गलबार, १५ भदौ, २०७८, बिहानको ०९:३९ बजे

सम्बन्धित खवर