वाइसीएल अध्यक्षमा सुमन देवकोटा, उपाध्यक्ष सुबोध सेर्पाली

काठमाडौं, १५ भाद्र /    वाइसीएल विवाद समाधान भएको छ । वाइसीएलको अध्यक्ष सुमन देवकोटा हुने भएपछि आन्तरिक विवाद समाधान भएको वाइसीएल केन्द्रीय समितिले जनाएको छ ।

वाइसिएल नेपालको विवाद टुंगिएको छ । निर्णय बारे केन्द्रीय समिति वैठकमा घोषणा हुने भएको छ । अध्यक्षमा सुमन देवकोटा हुने संभावना देखिएको छ । अध्यक्षका अर्का दावेदार सुबोध सेर्पालीलाई उपाध्यक्षको जिम्मेवारी दिने सहमति हुने देखिएको हो ।

स्रोतका अनुसार, देवकोटालाई एक कार्यकाल अध्यक्ष बनाउने र अर्को कार्यकाल सेर्पालीलाई बनाउनेगरि सहमति जुट्न लागेको छ । यो बिषयमा आजै टुंगो लाग्ने वाइसिएल नेपाल राष्ट्रिय भेला आयोजक कमिटीले जनाएको छ । माओबादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालले शनिबारदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ ।

भेलाले  आइतवार मात्र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेतृत्व छनौट बारे निर्णय गर्ने अधिकार दिएको थियो । भेला आज सकिनेछ । आजै प्रचण्डले देवकोटालाई अध्यक्ष र सेर्पालीलाई उपाध्यक्ष बनाउनेगरि निर्णय गर्नेछन् ।

प्रचण्डले केन्द्रीय कमिटी निर्माण भएको घोषणा आजै गर्नेछन् र उक्त कमिटीको पहिलो बैठकले सहमतिको आधारमा पदाधिकारी छनौट गर्नेछ । भर्चुअल माध्यम मार्फत भएको भेलामा देशभरका ७ सय बढी प्रतिनिधी सहभागी छन् ।

मङ्गलबार, १५ भदौ, २०७८, दिउँसोको ०१:२४ बजे

सम्बन्धित खवर