दमकमा दिउसै महिलाका गहना लुटिए, प्रहरी बेखवर

दमक, १५ भाद्र /  दमकमा दिउसै महिलाका गहना लुटिएका छन् । सोमबार दिउसो २ वजे दमकबाट बालुवथान जान दमक बसपार्कबाट अट्टो चढेकी महिलाका गहना पाँच मिनेटमा नै लुटिएका पिडित महिलाले बताइन् । ‘बालुबथान मुलघर जान दमकस्थित छोराका घरबाट फर्किदा अट्टो चढेकी थिएँ । दमक चोक पूर्वपट्टीको पुल तरिसकेर ओरालो लाग्ने क्रममा अट्टो रोकेर मैले घाँटीमा र कानमा लगाएका गरगहना लुटेर लगे , पिडित महिलाले भनिन्’ । रोइकराइ गरेपनि कसैले साथ नदिएपछि लुटेरा गहना लिएर भागे, मुख छोपेर आएका दुईजनाले गहना लुस्न थालेपछि म भूईमा लडे, त्यतिबेला नै म चढेको अट्टो पनि भागेछ, उनले भनिन् ।
यसबारे प्रहरीलाई मौखिक जानकारी गराइएपनि लुटेराको खोजीमा सक्रियता नदेखाएको पिडित पक्षको गुनासो छ । घटनाबारे प्रहरीलाई सोधखोज गर्दा सो सम्बन्धी लिखित उजुरी नपरेको भएपनि घटनाको अनुसन्धान भइरहेको बताएको छ । मध्य दिउसो अट्टोबाटै महिलाका गहना लुटिनुले दमक प्रशाशनमाथि सुरक्षको प्रश्न उठेको छ ।

 

मङ्गलबार, १५ भदौ, २०७८, दिउँसोको ०१:५३ बजे

सम्बन्धित खवर