एसएसबीकै उपस्थितिमा दार्चुला घट्ना

काठमाडौ /   सरकारी छानबिन टोलीले दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरेको छ।

गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहरसहितको प्रतिवेदन तयार पारेको छ। समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदन बुझेपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घट्ना एसएसबीकै उपस्थितिमा भएको जनाइएको छ। उक्त घटनामा भारतीय एसएबीको सलग्नता देखिएकाले निजहरुको सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादिक्षाको व्यवस्थापन गर्न सिफारिस गरिएको छ।

मङ्गलबार, १५ भदौ, २०७८, रातीको ०९:२६ बजे

सम्बन्धित खवर