पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण

आयुर्वेद भन्नासाथ आम बुझाइ के पाइन्छ भने यो जडिबुटीबाट गरिने उपचार हो । तर आयुर्वेदको आयाम यतिमा मात्र सीमित छैन । यो हाम्रा पूर्खाहरुले खोज, प्रयोग र अभ्यास गरेका सदियौं पुरानो चिकित्सा पद्धति हो ।

खासगरी आयुर्वेदले सम्पूर्ण शरीरलाई शोधन गरी रोगप्रतिरोधात्मक क्षमता बढाउने भूमिका खेल्छ । यसका पनि विविध तौरतरिका छन् । त्यसमध्येको एक हो, पञ्चकर्म ।

के हो पञ्चकर्म ?

आयुर्वेद चिकित्साको सिद्धान्त अनुसार रोग तीन कारणले लाग्छ, वात, पित्त र कफ । यी तत्वमा विषमता वा प्रकोप हुनु नै रोग उत्पन्न हुनु हो । अतः यी रोगहरुबाट मुक्ति पाउने एउटा प्राकृतिक विधि पञ्चकर्म हो ।

पञ्चकर्मका पाँच विधिध छन्, वमन, विरेचन, नास्य, वस्ती तथा रक्तमोक्षण । यसले शरीरका विकारलाई हटाएर शरीरमा जीव विष पैदा गर्नसक्ने तनाव वा रोगलाई कम गर्न सहयोग गर्छ । अनि शरीरलाई दोषहरुबाट मुक्त राख्छ । स्वेद ग्रन्थी, मूत्र मार्ग, आन्द्रा आदि अपशिष्ट पदार्थ उत्सर्जित गर्ने मार्गलाई सफा गर्छ । त्यसैले शरीर शुद्धीकरणका लागि पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो ।

कसरी गरिन्छ ?

पूर्वकर्मका स्नेहन र स्वदेन क्रियाबाट शरीरलाई संस्कारित गरेपछि पञ्चकर्मका लागि तयार गरिन्छ । स्नेहनमा घिउ, तेल, बोसो सेवन गराई आन्तरिक रुपमा स्नेहन गराइन्छ । यसले हाम्रो पाचन प्रणालीलाई पञ्चकर्म गर्नका लागि योग्य बनाउँछ ।

यसैगरी बाह्य स्नेहनमा बोसो लगायत तेलबाट मालिस गराइन्छ । यसलाई आयुर्वेदमा अभ्याङ्ग भनिन्छ ।

स्वदेन एक यस्तो प्रक्रिया हो, जसले शरीरबाट पसिनाको माध्यमबाट विकारहरु निकालेर शरीरलाई पञ्चकर्मका लागि तयार बनाउँछ ।

वमन

कफ दोष बढेर आमाशय र फोक्सोमा जम्मा हुन पुग्छ । यसैलाई हटाउन विभिन्न किसिमको जडिबुटीको रस पिउन दिएर वमन गराइन्छ । वमनले अजीर्ण, नवज्वर, खोकी, दम, पिनास, डन्डिफोर जस्ता समस्या हट्छ ।

विरेचन

औषधि खुवाएर पातलो द्रव्ययुक्त मललाई निष्कासन गर्ने उपचार विधि हो विरेचन । यसले पित्तजन्य रोग निर्मूल गर्छ । विरेचन विधिले आन्द्रामा रहेको पित्त दोषलाई निकाल्न मद्दत गर्छ । यसले कब्जियत, जन्डिस, मोटोपन, अपज, पेट फुल्ने जस्ता रोगबाट मुक्त गर्छ ।

वस्ती

मलद्वारबाट ठूलो आन्द्रामा औषधियुक्त द्रव्य पठाएर गरिने उपचार विधि वस्ती हो । यसले मूत्राशय र पाठेघरको सफाइ गर्छ । साथै योनीमार्गबाट औषधि राखेर पाठेघर, पिसाब थैलीको उपचार गरिन्छ ।

यसले पिसाब नली र पाठेघरको सफाइ, पिसाब थैलीको पत्थरी, कम्मर दुखाइ, स्नायु रोग, मधुमेह जस्ता रोगबाट राहत दिन्छ ।

नश्य

नाकबाट औषधि प्रयोग गर्ने विधि हो यो । यसले कफजन्य रोगबाट मुक्त दिलाउँछ । खासगरी नाक, कान र घाँटीको समस्या भएकाहरु यसबाट लाभान्वित हुन्छन् । माइग्रेन, नाकभित्र मासु पलाएको, स्वरभेद, मुख बाङ्गो हुने समस्या, घाँटीको समस्या आदिमा यो फाइदाजनक हुन्छ ।

रक्तमोक्षण

यो रगत शुद्धीकरण गर्ने विधि हो । यसमा विभिन्न तरिकाले रगतमा भएको पित्त दोष हटाउने गरिन्छ । कुष्ठरोग, स्तन रोग, पिलो जस्तो समस्याबाट मुक्ति दिलाउँछ ।

000

शरीरको शुद्धीकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि पञ्चकर्म नेपालमा पनि लोकप्रिय भइरहेको छ । आयुर्वेदप्रतिको आस्था विश्वास हराए पनि पञ्चकर्म विधिले धेरै पुरानो रोग निको गरेको आयुर्वेदिक चिकित्सकको दाबी छ ।

शरीरलाई शुद्ध बनाउन र रोगव्याधीबाट थलिएकालाई पुनर्जीवन दिनका लागि उपयोगी मानिने पञ्चकर्मप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कार्यकारी निर्देशक डा। रामआधार यादवले बताए ।
डा.यादवले पञ्चकर्म प्रक्रिया रोगी नभई निरोगी व्यक्तिलाई समेत भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउने धारणा व्यक्त गरे ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका काय चिकित्सा डा। सिर्जना श्रेष्ठले पञ्चकर्म विधिले बिरामीको पीडा कम गर्नुका साथै रोगीलाई पनि निको पारेको बताए ।
यो एक प्रकार आयुर्वेदिक विधि हो जसमा ‘शोधन’ नामक शुद्धीकरण प्रक्रियासँगसम्बन्धी चिकित्सा पद्धतिको एउटा भाग हो, उनले भने, यसले शरीरका विषाक्तलाई हटाउने क्रममा शरीरभित्रको जीवविष पैदा गर्न सक्ने तनाव तथा रोगलाई कम गर्नमा मद्दत गर्छ । पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो ।

डा। श्रेष्ठको अनुसार शुद्धीकरणको वास्तविक कार्य प्रणाली सुरु हुनु पहिले शरीरबाट जीवविष निकाल्नुपर्छ । पञ्चकर्म एक व्यक्तिकृत उपचार हो डा। श्रेष्ठले थपे, एक विशेष पञ्चकर्म विधि जुन व्यक्तिको बनावट तथा विकारका आधारमा दिइने गरिन्छ । यसमा सामान्यतया पाँच चिकित्साका केही भाग मात्रआवश्यक हुन्छ ।

पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि हो डा। श्रेष्ठले थपे, यसलाई प्राचीन चिकित्सा पद्धतिका रूपमा समेत लिइन्छ । खास गरी हाम्रो शरीरमा लाग्ने विभिन्न रोगका कारण हुने बाथ, पित्त र कफको दोष निवारणका लागि पञ्चकर्म विधि अपनाइने गरिन्छ । रोगी वा निरोगी हरेक व्यक्तिका लागि पञ्चकर्मको प्रक्रिया फरकफरक हुन सक्छ उहाँका अनुसार यो प्रक्रिया चिकित्सकले ती व्यक्तिको शारीरिक स्थिति, बल, उमेर, रोग प्रतिरोधक क्षमता, रोग आदिलाई हेरेर निर्धारण गर्छन् ।

पञ्चकर्म विधिअन्तर्गत वमन, ९उपचारात्मक उल्टी०, विरेचन ९परिष्करण चिकित्सा०, वस्ती ९ एनिमा०, नश्य९नाकको सफाइ०, रक्त मोक्क्षणद्वारा उपाचार गरिने डा। श्रेष्ठले प्रस्ट पारे ।

उहाँले बच्चा, वृद्ध, अशक्त, गर्भवती, क्षयरोगी आदिले पञ्चकर्म गराउनु नहुने मान्यता रहेको पनि बताए । पञ्चकर्मले करिब १४० रोगबाट मुक्ति मिल्ने औँल्याउँदै डा। यादव भन्नुहुन्छ, ‘यो चिकित्साले वाथबाट हुने ८०, पित्तबाट हुने ४० र कफबाट हुने २० प्रकारका रोगको उपचार हुन्छ ।’

पञ्चकर्म सबै मौसममा गरिने भए पनि यसलाई वसन्त ऋतुमा गर्नु सबैभन्दा बढी उपयुक्त मानिन्छ । मधुमेह, पक्षाघात, आरर्थाइटिस, गठिया, अटोइम्युन रोग, श्वासप्रश्वासको रोग, जीवनशैलीसँग जोडिएको रोग, न्युरोलजिकल डिसअर्डर, छालासम्बन्धी समस्या, फोक्सो, पेट–आन्द्रा, पसिनाको ग्रन्थी, मूत्राशय, मलाशय, साधारण ज्वरो, यौन रोग, मिर्गौलाको पत्थरी, मुटुको समस्या, उल्टी, ढाडको समस्या, गर्दनको दुखाइ, उच्च अम्लियपना, आंशिक पक्षघात, कब्जियत, पाचनसम्बन्धी समस्या मोटोपना, पायल्स तथा जोर्नीको दुखाइ कम गर्न मद्दत गर्छ ।

बुधबार, १५ भदौ, २०७९, बिहानको ०८:३४ बजे

सम्बन्धित खवर