दमक,१४ कार्तिक / मोरङ उर्लाबारी नगरपालिका ७ स्थित मावा खोलामा लागेको छैठ मेलामा छुरा प्रहार गरी हत्या गरिएका घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार गएराति मेलामा छुरा प्रहार गरि दमक १० का १४ बर्षिय दिवस श्रेष्ठको मृत्यू भएको घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाले पूराना रिसइवीका कारण हत्या गरेको खुल्न आएको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी ६ चन्द्रमा चोकका १७ वर्षिय सरोज बस्नेत, सोहि वडाका १७ वर्षिया सन्देश खवास, उर्लाबारी ७ का १६ वर्षिय सपन खत्री, वडा नं. ६ का १६ वर्षिय मन्जिल माझी र वडा नं. ६ का १७ वर्षिय विकास तामाङ् रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लावारीको टोलीले चक्कुसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय उर्लावारीमा राखेर घटनाको बारेमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box