हेलिकप्टर दुघर्टना, २५ जनाको मृत्यु

एजेन्सी, १४ कात्तिक । अफगानिस्तानको पश्चिमी फराह राज्यमा खराब मौसमका कारण शीर्ष सैनिक अधिकारीहरु चढेको एउटा हेलिकप्टर दुघर्टना भएको एक अफगान अधिकारीले बताएका छन् । दुघर्टनामा परी हेलिकप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको बताइएको छ । फराह राज्यका गभर्नरका प्रवक्ता नासिर मेहदीका अनुसार उक्त हेलिकप्टर स्थानीय समयअनुसार विहान ९ बजेर १० मिनेट जाँदा दुघर्टना भएको हो । उक्त विमान हिमारी जिल्ला अनारदाराबाट भर्खरै उडेर हेरात राज्यतर्फ जाँदै थियो ।

हेलिकप्टरमा अफगानिस्तानको पश्चिमी अञ्चलका उप प्रहरी कमाण्डर र फराह राज्यका प्रमुख सवार थिए । त्यस्तै देशका आन्तरिक मन्त्रालयका एकजना अधिकारीले भने राजधानी काबुलको पूर्वी छोरमा रहेको देशकै सबैभन्दा ठूलो जेलमा आत्मघाती बम हमला गर्दा सातजना मानिस मारिएको बताएको छ । आन्तरिक मन्त्रालयका प्रवक्ता नाजिब दानिसका अनुसार हमलाकारीले बुधाबार जेलका कर्मचारी बोकेको एउटा गाडीलाई लक्षित गरी हमला गरेका थिए ।

बुधबार, १४ कार्तिक, २०७५, साँझको ०७:२८ बजे

सम्बन्धित खवर