विघटनको संघारमा प्रदेशसभा : मुख्यमन्त्री राइद्वारा १५ प्रदेशसभा सदश्यलाई निलम्बन

बैकल्पिक खवर

बिराटनगर / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् ।बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । र, भीम आचार्यलाई दलको नेता चयन गरेको छ । तर त्यसको भोलिपल्टै मुख्यमन्त्री शेरधन राइले आफ्नो विरुद्धमा अविस्वासको प्रस्ताव दर्ता गराउने मध्ये १५ जना लाई प्रदेशसभा सदश्य बाटै निलम्बन गरेका छन । यो संगै प्रदेशसभाको भबिस्य संकटमा परेको छ ।

संसदिय दलको नेता बाट प्रचण्ड – नेपाल समुहले हटाउने बित्तिकै त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले उक्त समुहबाट संसदिय दलको नेता चयन भएका आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन गरेको घोषणा गरेका छन् ।श्रोतका प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रदेशसभा विघटन गर्न सहज बाताबरण शृजना गराउनका लागि प्रधानमन्त्रीकै निर्देशनमा यो कदम चालिएको बताइएको छ ।मुख्यमन्त्री राइले आफ्नो मन्त्रीमण्डलका निकटस्थहरु संग समेत परामर्श नगरी निलम्बनको निर्णय गरेको श्रोतले बतायो।

आचार्यसँगै ईन्द्र आङ्बो, जीवन घिमिरे, विजयकुमार विश्वास, सावित्राकुमार रेग्मी, उपेन्ऽ घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्ऽ शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठलाई निलम्बन घोषणा गरिएको छ ।

यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाएका छन् भने आइतबार राईविरुद्ध ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता भएको थियो । राईले भने अविश्वासको प्रस्ताव दर्ता गरेकोमा स्पष्टीकरण सोधेका थिए ।                                                      जवाफ पेश नगरेकाले राईले काटेको पत्रमा भनिएको छ, नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ । साथै संसदीय दलको सदस्य निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’

बिहिबार, १६ पुष, २०७७, दिउँसोको ०४:०१ बजे

सम्बन्धित खवर